मुगुम कांग्रेसका उम्मेदवार शाही र तिरुवालाई विजयी गराउन मुगुम कांग्रेसका नेताको एकीबद्धता।

कर्णाली प्रदेश   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस मुगुले जिल्लाका सम्पूर्ण मतदातालाई पार्टीका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेको छ । मुगुबाट प्रत्यक्षतर्फ खड्ग बहादुर शाही र समानुपातिकतर्फ भिम बहादुर तिरुवा उम्मेदवार रहेका छन्। पार्टीले यी दुवै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराई मुगुको विकास यात्रालाई नयाँ उचाइमा पु¥याउन मतदातासँग अपिल गरेको हो ।
पार्टी नेताहरूले मुगुको विकास, सुशासन, स्थायित्व तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताएका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण पछाडि परेको मुगुलाई सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र सञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको दाबी गरिएको छ ।
यसैबीच पूर्व वन तथा वातावरण मन्त्री तथा जिल्ला सभापति ऐन बहादुर शाही ले पार्टीभित्र कुनै विभाजन नरहेको स्पष्ट पार्दै कार्यकर्ता र मतदातालाई भ्रममा नपर्न आग्रह गरेका छन्। उनले भने, “मुगु कांग्रेस पूर्ण रूपमा एक ढिक्का छ । केही व्यक्तिले फैलाएका हल्ला र भ्रमका पछि नलाग्न म सम्पूर्ण मतदातालाई अनुरोध गर्दछु । विकास र समृद्धिका लागि हामी सबै एकजुट छौं । उनका अनुसार लोकतन्त्र सुदृढ गर्न र मुगुको समग्र विकासलाई तीव्रता दिन कांग्रेस उम्मेदवारको जित अपरिहार्य छ। उनले कार्यकर्तालाई घरदैलो अभियान प्रभावकारी बनाउन र जनतासँग प्रत्यक्ष संवाद बढाउन निर्देशन दिएका छन् ।
कार्यक्रममा नेताहरूले पार्टीभित्र पूर्ण एकता रहेको र सबै तहका नेता–कार्यकर्ता एक ढिक्का भएर अभियानमा जुटेको दाबी गरेका छन्। घरदैलो कार्यक्रम, टोल–टोल भेला, युवा परिचालन तथा सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद बढाइएको जानकारी दिइयो । मत विभाजनले विकास रोकिन्छ,” एक नेताले भने, “हामी सबै मिलेर कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन लागि परेको बताए ।

Workplace

पूर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ल ले विगतमा कांग्रेस नेतृत्वमा सुरु भएका विकास योजनाहरूलाई पूर्णता दिन पुनः कांग्रेसलाई जिताउनुपर्ने बताए । उनले भने, “हामीले अघि बढाएका धेरै योजना अधुरा छन्। ती सम्पन्न गर्न कांग्रेसको निरन्तर नेतृत्व आवश्यक छ। मुगुको समृद्धि र युवाको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई जिताउनुपर्छ ।

नेपाली काग्रेसका नेता तथा महासमिति सदस्य तिलक बहादुर मल्ल ले संगठन सुदृढीकरण र जनताको विश्वास नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्ता एकताबद्ध भएर चुनावी अभियानमा लाग्नुपर्ने बताए । उनले विकास, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर कांग्रेस अघि बढेको दाबी गरेका छन । मुगुका मतदाता लाई भ्रममा नपरी काग्रेसका उम्मेदवार लाई बिजय गराउन आग्रह गनुभएको छ
उपसभापति हरिजंग शाही ले मत विभाजनले मुगुको विकासमा बाधा पुग्ने भन्दै सबैलाई एक ढिक्का भएर कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।
उनले भने, “हामीबीचको सहकार्य र एकताले मात्र विजय सुनिश्चित हुन्छ । लोकतन्त्रको रक्षा र मुगुको उज्ज्वल भविष्यका लागि कांग्रेसको जित आवश्यक छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?