शिक्षामन्त्री पुनद्वारा तीन निर्णय: कम्प्युटर शिक्षक अनिवार्य, परीक्षाफल छिटो प्रकाशन, त्रिवि परिसर सुधार

काठमाडौँ – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार सम्हालेको पहिलो दिनै विद्यार्थी हित र शैक्षिक गुणस्तर सुधारका लागि तीन महत्वपूर्ण निर्णय गरेका छन्।

Workplace

उनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा बाट विद्यार्थीहरू वञ्चित नहुन् भनेर प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थप्ने निर्णय गरेका छन्।

कतिपय विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिना देखि १ वर्षसम्म समय लिने गरेको अवस्थामा अब विश्वविद्यालयहरूले बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने निर्णय मन्त्री पुनले गरेका छन् र समयमै नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी दिएका छन्।

उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरभित्र रहेका झाडी फाँडेर ठूला रुख नकट्दै सफा बगैँचा र फुटपाथ निर्माण गरी विश्वविद्यालयलाई आकर्षक बनाउने निर्णय पनि गरेका छन्। मन्त्री पुनका अनुसार यी कदम विद्यार्थी र शिक्षण संस्थामुखी सुधारको सुरुवात हुन् र निरन्तर सुधारमा जोड दिइनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?