सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी

 

Workplace

काठमाडौं – सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको छ। बिहान करिब ७:४५ बजे लागेको आगो नियन्त्रणका लागि बारुणयन्त्र प्रयोग गरी प्रयास भइरहेको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरेले जानकारी दिएका छन्।

- Advertisement -Workplace

उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्षसमेत रहेको छ। आगलागीका कारण अझै खुल्न सकेको छैन भने तीनवटा कोठामा क्षति पुगेको अनुमान गरिएको छ। हालसम्म मानवीय क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।

सिंहदरबारस्थित सोही भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ। आगलागी नियन्त्रण प्रयास जारी रहेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?