अर्घाखाँची सिमेन्टलाई सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार,३० कात्तिकमा छलफल हुने

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली प्रयोगबापत तिर्नुपर्ने बक्यौता विवाद समाधानका लागि उद्योग वाणिज्य महासंघले अघि सारेको मध्यमार्गी प्रस्तावविरुद्ध रिट दायर गरेको अर्घाखाँची सिमेन्ट उद्योगलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

Workplace

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश माग गरिएको विषयमा दुवै पक्षलाई छलफलका लागि ३० कात्तिकमा पेसी तोक्ने निर्णय गरेको हो। साथै, सर्वोच्चले विपक्षी पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश पनि दिएको छ।

बिजुली बक्यौता विवाद समाधानका लागि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको पहलमा भएको उच्चस्तरीय छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघले मध्यमार्गी प्रस्ताव अघि सारेको थियो। सो प्रस्तावअनुसार उद्योगीहरूले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने र पहिलो किस्तालाई नै धरौटी स्वरूपमा पुनरावलोकनमा लैजाने व्यवस्था गर्न सुझाव दिइएको थियो।

प्रधानमन्त्री कार्की सो प्रस्तावमा सहमतिनजिक पुगेको संकेतपछि हालसम्म १७ वटा उद्योगले किस्ता बुझाइसकेका छन्। तर, अर्घाखाँची सिमेन्ट उद्योगले महासंघको प्रस्ताव अस्वीकार गर्दै उक्त प्रस्ताव संविधान र कानुनविपरीत रहेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो।

सर्वोच्चको आदेशपछि अब यो विवादको कानुनी निक्र्योल ३० कात्तिकको छलफलपछि मात्रै स्पष्ट हुने देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?