
- स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
- सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७४५ रुपैयाँ पुगेको छ।
काठमाडौ – स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ घटेको हो।
मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।
मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।
