icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

इटहरीमा कार दुर्घटना : एकको मृत्यु, तीन घाइते

इटहरी : सुनसरीको धरानबाट इटहरीतर्फ आउँदै गरेको एक कार इटहरीको पानीपिया क्षेत्रमा दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

Workplace

शनिवार राति करिब ११ बजेतिर इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जंगलमा कोशी लोकमार्ग अन्तर्गत प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भई पूर्वपट्टि रहेको जामुनको रूखमा ठोक्किँदा दुर्घटना भएको हो।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार, चार जना सवार कार दुर्घटनामा परेर इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ। गम्भीर घाइते राउतलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो तर उपचारकै क्रममा करिब डेढ घण्टापछि उनको निधन भयो।

दुर्घटनामा कार चालक रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्। उनीहरूको बीपी प्रतिष्ठानमै सामान्य उपचार भइरहेको प्रहरीले जनाएको छ।

कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ दुर्घटनाको दृश्य हेर्दा कार निकै तिब्र गतिमा रहेको देखिन्छ । घटनास्थल इटहरीको तरहरा चोकबाट करिब ७ किलोमिटर उत्तरमा पर्छ। दुर्घटनापछि कार चालक लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?