दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिँदा एक जनाको मृ`त्यु भएको छ भने ३५ जना यात्रु घाइते भएका छन्।


गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको बस आइतबार बिहान बखरीयामा दु`र्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परेर दंगीशरण गाउँपालिका–२ निवासी ६५ वर्षीय नारायण भण्डारीको ज्यान गएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पुष्टि गरेको छ।
गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएका भण्डारीको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

बसमा सवार अन्य ३५ जना यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको छ।
घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भई सडकबाट पल्टिएको हुन सक्ने अनुमान गरिएको छ।
