सुसिला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा बालेनको समर्थन, अरुलाई भने– “अहिले हतार नगर्नु”

काठमाडौं । जेन–जी आन्दोलनबाट अघि सारिएको अन्तरिम सरकार गठनको प्रस्तावलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले खुलेर समर्थन गरेका छन्। उनले पूर्व प्रधानन्यायाधीश सुसिला कार्कीलाई चुनावी सरकारको नेतृत्वका लागि उपयुक्त भन्दै समर्थन जनाएका छन्।

Workplace

बालेनले सामाजिक सन्देशमार्फत भनेका छन्, “देश अहिले नयाँ चुनावतर्फ अघि बढ्दैछ। यस प्रक्रियामा पूर्व प्रधानन्यायाधीश सुसिला कार्की नै सबैलाई स्वीकार्य व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्वमा अन्तरिम सरकार बने देशलाई नयाँ जनादेश दिन सहज हुनेछ।”

साथै उनले तत्काल नेतृत्व लिन उतावली भइरहेका शक्तिहरूलाई धैर्य गर्न आग्रह गर्दै भनेका छन्, “अहिलेको अन्तरिम नेतृत्व अस्थायी मात्र हो। स्थायी योगदान त आगामी चुनावपछि नै हुन्छ। त्यसैले कृपया हतार नगर्नुहोस्।”

जेन–जी आन्दोलन पक्षले पनि कार्कीको नाम अघि सार्दै आफ्नो सुझबुझ, विवेक र एकतालाई प्रस्तुत गरेको बताएका छन्। उनीहरूले सम्माननीय राष्ट्रपतिलाई तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न आह्वान गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?