नेपाली सेना र अन्य सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा राख्न जिम्मेवारी

काठमाडौं, भदौ २४ – हाल देशभर जारी तनावपूर्ण अवस्थाबीच नेपाली सेनाले सर्वसाधारणलाई तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ। सेनाले सोमबार राति एक विज्ञप्ति जारी गर्दै स्थिति नियन्त्रणमा लिन सम्पूर्ण सुरक्षा निकायलाई जिम्मेवारी दिइएको जनाएको हो।

Workplace

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अनुचित फायदा उठाउँदै केही समूहहरूले नागरिक तथा सार्वजनिक सम्पत्तिमा अतिक्रमण, लुटपाट र आगजनी गर्ने कार्य भइरहेकोले यस किसिमका गतिविधि नगर्न/नगराउन नेपाली सेना पुनः आह्वान गर्दछ।”

विज्ञप्तिमा यस प्रकारका अवाञ्छित गतिविधि रोक्न असफल भएमा नेपाली सेना तथा सम्पूर्ण सुरक्षा निकायले आफ्नो प्रमुख जिम्मेवारीअनुसार नेपाल र नेपालीको सुरक्षाका लागि प्रत्यक्ष रूपमा स्थिति नियन्त्रण गर्ने उल्लेख गरिएको छ।

यससँगै, नेपाली सेनाले २०८२ भदौ २४ गते राति १० बजेदेखि लागू हुने गरी दुर्त रहने प्रतिबद्धता जनाएको छ। सेनाले सम्पूर्ण राष्ट्रवादीलाई सहयोग गर्न पनि अपील गरेको छ।

नेपाली सेनाले अन्त्यमा भनेको छ, “सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप जानकारी दिइनेछ।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?