घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

समाचार सारांश
Auto Generated by AI
  • सुनसरीको साम्प्रदायिक तनाव र गोलीकाण्डमा सरकारी उदासीनताप्रति राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीले चिन्ता व्यक्त गरेका छन्।
  • गोली चलेको विषयमा प्रहरी र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइले घटनालाई रहस्यमय बनाएको उनको आरोप छ।
  • प्रधानमन्त्री साहसँगको भेटमा उनले मधेसको शान्ति सुरक्षाका लागि ठोस कदम चाल्न र सरकारको कमजोरी सुधार्न आग्रह गरेका छन्।

काठमाडौ – राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।

Workplace

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताए ।

- Advertisement -Workplace

अध्यक्ष अन्सारीकाअनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ ।

भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाए । शुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उनको तर्क छ ।

प्रधानमन्त्री साहसँगको छलफलमा अन्सारीले मधेस हाल अन्याय र पीडामा रहेको उल्लेख गर्दै मधेसी जनताले वर्तमान सरकारप्रति राखेको आशालाई निराशामा बदल्न नहुनेमा जोड दिए ।

विगतका प्रधानमन्त्रीहरू निर्वाचित क्षेत्रमा मात्र सीमित हुने गरेको भएपनि वर्तमान प्रधानमन्त्रीलाई सिंगो मधेसले अपनत्व महशुस गरेको स्मरण गराउँदै उनले मधेसको शान्ति सुरक्षामा ठोस कदम चाल्न आग्रह गरे । जवाफमा प्रधानमन्त्री साहले सुनसरी घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिएका छन् । प्रधानमन्त्रीले सिंगो देश र देशबासीको हितमा सरकारले काम गर्ने प्रतिवद्धता जनाउँदै मधेसको समस्या समाधानमा सरकार चिन्तित रहेको बताएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

अध्यक्ष अन्सारीले भने, ‘एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु राष्ट्रका लागि नोक्सानीको कुरा हो । घटना घटेको पाँच दिनपछि मात्र गृहमन्त्री घटनास्थल पुग्नुले सरकारको कमजोरी झल्काउँछ । यदि सरकार भोलिपल्टै पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन । कतै यो घटनालाई मुठभेड गराउने वा मधेसलाई रणभूमि बनाउने सोच त होइन भन्ने शङ्का उब्जिएको छ ।’

यसअघि बिहीबार राति अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि यसबारे झन्डै दुई घण्टा छलफल गरेका थिए ।

सरकारको संयन्त्रले घटना हुनुपूर्व र भइसकेपछि पनि प्रभावकारी काम गर्न नसकेको आम जनताले महशुस गरेको उनको ठहर छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?