घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

समाचार सारांश
Auto Generated by AI
  • सुनसरीको साम्प्रदायिक तनाव र गोलीकाण्डमा सरकारी उदासीनताप्रति राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीले चिन्ता व्यक्त गरेका छन्।
  • गोली चलेको विषयमा प्रहरी र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइले घटनालाई रहस्यमय बनाएको उनको आरोप छ।
  • प्रधानमन्त्री साहसँगको भेटमा उनले मधेसको शान्ति सुरक्षाका लागि ठोस कदम चाल्न र सरकारको कमजोरी सुधार्न आग्रह गरेका छन्।

काठमाडौ – राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।

Workplace

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताए ।

अध्यक्ष अन्सारीकाअनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ ।

भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाए । शुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उनको तर्क छ ।

प्रधानमन्त्री साहसँगको छलफलमा अन्सारीले मधेस हाल अन्याय र पीडामा रहेको उल्लेख गर्दै मधेसी जनताले वर्तमान सरकारप्रति राखेको आशालाई निराशामा बदल्न नहुनेमा जोड दिए ।

विगतका प्रधानमन्त्रीहरू निर्वाचित क्षेत्रमा मात्र सीमित हुने गरेको भएपनि वर्तमान प्रधानमन्त्रीलाई सिंगो मधेसले अपनत्व महशुस गरेको स्मरण गराउँदै उनले मधेसको शान्ति सुरक्षामा ठोस कदम चाल्न आग्रह गरे । जवाफमा प्रधानमन्त्री साहले सुनसरी घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिएका छन् । प्रधानमन्त्रीले सिंगो देश र देशबासीको हितमा सरकारले काम गर्ने प्रतिवद्धता जनाउँदै मधेसको समस्या समाधानमा सरकार चिन्तित रहेको बताएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

अध्यक्ष अन्सारीले भने, ‘एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु राष्ट्रका लागि नोक्सानीको कुरा हो । घटना घटेको पाँच दिनपछि मात्र गृहमन्त्री घटनास्थल पुग्नुले सरकारको कमजोरी झल्काउँछ । यदि सरकार भोलिपल्टै पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन । कतै यो घटनालाई मुठभेड गराउने वा मधेसलाई रणभूमि बनाउने सोच त होइन भन्ने शङ्का उब्जिएको छ ।’

यसअघि बिहीबार राति अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि यसबारे झन्डै दुई घण्टा छलफल गरेका थिए ।

सरकारको संयन्त्रले घटना हुनुपूर्व र भइसकेपछि पनि प्रभावकारी काम गर्न नसकेको आम जनताले महशुस गरेको उनको ठहर छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?