icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

बर्बर दमनविरुद्ध रास्वपाका सांसदहरूको सामूहिक राजीनामा

काठमाडौं, भदौ २४- सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवामाथि गरेको गोली प्रहारबाट दर्जनौँको ज्यान गएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै प्रतिनिधिसभा सदस्यले सामूहिक राजीनामा दिएका छन्।

Workplace

सोमबार संसदीय दलले जारी गरेको विज्ञप्तिमा हालको सरकारले देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवमूल्यन र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोस्ने कार्य गरेको भन्दै आपत्ति जनाइएको छ। दलले शान्तिपूर्ण आन्दोलनलाई दमन गरेर निर्दोष युवाको जीवन संक्षिप्त पारिएको घटनाप्रति घोर निन्दा गरेको छ।

रास्वपाले पाँचबुँदे माग अघि सारेको छ :

प्रधानमन्त्रीको तत्काल राजीनामा,

घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौं प्रमुख जिल्ला अधिकारीलाई पदमुक्त गरी हिरासतमा लिने,  संविधान संशोधनको प्रक्रिया सुरु गर्ने।

विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने प्रयास अब जनताले सहने छैन।”

दलले संघीय संसदले वैधता गुमाएको दाबी गर्दै निकासका लागि अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने उल्लेख गरेको छ। साथै आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरेको छ।

सामूहिक राजीनामा दिने सांसदहरूको सूचीमा दलका नेता रवि लामिछाने, कार्यवाहक सभापति डोलप्रसाद अर्याल, डा.स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठसहित २० सांसदको नाम समावेश छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?