२६ फाल्गुन २०८२, मंगलबार

बानेश्वर प्रदर्शनमा गोली प्रहार, एक जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं, भदौ २३ — सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध ‘जेन–जी’ पुस्ताले थालेको आन्दोलन आज राजधानीमा हिंसात्मक रूप लिँदा एक जनाको मृत्यु भएको छ ।

Workplace

सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको हो । उनले भने, “अस्पतालमा दर्जनौँ घाइते ल्याइएको छ, तीमध्ये एक जनाको मृत्यु भएको छ।”

निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरे प्रदशनकारी 

बानेश्वर क्षेत्रमा सुरक्षा निकायले निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीले अवज्ञा गर्दै संसद् भवनतर्फ प्रवेश गरेपछि अवस्था तनावग्रस्त बनेको हो । युवाहरुले नाराबाजी गर्दै संसद् भवनको गेट नजिक पुग्दा प्रहरीसँग झडप भएको थियो ।

प्रहरीको बल प्रयोग सरकारको गैरजिम्मेवारी कदम 

प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहरा, अश्रुग्यास र हवाई फायरिङसहित प्रत्यक्ष गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान देखि देशभर प्रदर्शन

राजधानी काठमाडौं मात्र नभई पोखरा, बुटवल, नेपालगञ्ज, धरानलगायतका प्रमुख शहरमा पनि जेन–जी युवाहरु सडकमा उत्रिएका छन् । सामाजिक सञ्जाल प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, र शासकवर्गको दमनकारी शैली अन्त्य गर्नुपर्ने मागसहित प्रदर्शन भइरहेको छ ।

अवस्था अझै तनावग्रस्त बन्दै 

प्रदर्शन चर्किएपछि बानेश्वर र आसपासका क्षेत्रमा आवत–जावत बन्द जस्तै बनेको छ । प्रहरीले थप बल परिचालन गरेको छ भने प्रदर्शनकारी अझै सडकमा उत्रिएका छन् । राजधानीसहित मुलुकका विभिन्न ठाउँमा बेलुकासम्म प्रदर्शन जारी रहने अनुमान गरिएको छ ।

यता सरकारले पनि आफ्नो उचित सुरक्षामा कडाइ गरेको छ नेपाल खोजखबर लाई प्राप्त जानकारी अनुसार  सत्तारूढ दल भित्र बाटै पनि अब आवाज उठि रहेको युवा हरुको माग तत्काल सुनुवाइ गरेर सरकारले अरु थप अप्रिय घटना हुन नदिन विभिन्न राजनीति दलले आफ्नो पार्टी नेता नेतालाई समेत आग्रह गरिएको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?