नक्खु जेलबाट रबिको सन्देश: “भोलिको आन्दोलन तपाईंकै हातबाट इतिहास लेखिँदैछ”

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारभित्रैबाट देशका युवा पुस्तालाई आन्दोलनमा एकताबद्ध भएर उत्रिन आह्वान गरेका छन्।

Workplace

सहकारी मुद्दामा संलग्न आरोपमा ललितपुरको नक्खु कारागारमा रहेका लामिछानेले आफ्नो निजी सचिवालयमार्फत जारी गरेको सन्देशमा भोलिबाट सुरु हुने आन्दोलनलाई ऐतिहासिक मोड दिन युवा पुस्ताको सहभागिता अपरिहार्य रहेको उल्लेख गरेका छन्।

“प्रिय Gen Z, भोलिबाट तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ। धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनसक्छ। शासकहरूले तपाईंहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्नो खुशी र दु:ख बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,” लामिछानेले भनेका छन्।

उनले सत्ता र शक्तिको नशामा चुर शासकहरूले युवाको विवेक र आवेगलाई कम आँके पनि यही शक्तिले देशको इतिहास बदल्ने दाबी गरेका छन्। साथै, आन्दोलनका क्रममा घुसपैठ हुन सक्ने चेतावनी दिँदै संयमित र सचेत भएर अघि बढ्न आग्रह गरेका छन्।

“तपाईंहरूको विवेक र आवेगसँगै भोलिको दिन इतिहासको नयाँ सुरुवात हुनेछ। तपाईंहरूको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदैछ,” लामिछानेले सन्देशमा उल्लेख गरेका छन्।

लामिछानेले नख्खु जेलको कालकोठरीमै रहेर युवाप्रति शुभेक्षा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?