मञ्च तयार उत्सवको तयारी पूरा, तर मातृभुमिको पिडा ले रोक्यो २०२६ चिबा महोत्सव ।

समाचार सारांश
Auto Generated by AI
  • एनआरएनए जापानको क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी सेप्टेम्बरमा हुने भनिएको सांस्कृतिक महोत्सव रद्द गरेको छ।
  • नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै सो निर्णय लिइएको हो।
  • समितिले विपद् पीडितहरूप्रति समवेदना व्यक्त गर्दै यस्तो कठिन घडीमा उत्सव मनाउनु उचित नहुने निष्कर्ष निकालेको छ।

टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानअन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६’ रद्द गर्ने निर्णय गरेको छ।

Workplace

एनआरएनए चिबाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उचित नहुने निष्कर्षसहित महोत्सव रद्द गरिएको जनाएको छ।

- Advertisement -Workplace

यसअघि महोत्सव २०२६ सेप्टेम्बर १९ र २० तारिख जापानको चिबास्थित फुनाबाशी केइबाज्योमा आयोजना गर्ने तयारी थियो। नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाल–जापानबीचको सांस्कृतिक आदानप्रदान र मित्रता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको थियो।

संस्थाका अनुसार महोत्सवका विषयमा जापानवासी नेपाली समुदाय, विभिन्न संघसंस्था, समाजसेवी, सल्लाहकार तथा एनआरएनए आईसीसी जापानसँग आवश्यक परामर्श र सुझावसमेत लिइएको थियो। त्यसपछि आइतबार बसेको एनआरएनए चिबाको नियमित बैठकले वर्तमान परिस्थितिमा महोत्सव आयोजना गर्नु उचित नहुने निर्णय गरेको हो।

एनआरएनए चिबाले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता, सहयोग र मानवीय संवेदना व्यक्त गर्नु अहिलेको प्राथमिकता रहेको जनाएको छ।

महोत्सवको तयारीका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने प्रायोजक, सह–प्रायोजक, संघसंस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, व्यवसायी तथा जापानवासी नेपाली समुदायप्रति आयोजकले आभारसमेत व्यक्त गरेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विजय सुनार
लेखकको बारेमा

विजय सुनार

सुनार नेपाल खोज खबरका बुटवल संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?