आज मिति २०८२ श्रावण ७ गते बुधबार आजको राशीफल

 

Workplace

मेष : समय मध्यम छ, शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था पनि रहनेछ । आज जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

बृष : समय शुभ छ, स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ। घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । तपाइँको आम्दानी अर्कैले खाइदिने योग समेत बलियो छ । सतर्क रहनु अत्यन्त जरुरी छ ।

मिथुन : मानसिक तनावबाट मुक्त हुन कठिन छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

कर्कट : स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिनेछ भने पूर्व, दक्षिण तर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । समय शुभ रहेको छ उपयोग गर्नुहोला ।

सिंह : समय शुभ छ । लाभ पाइने अवसर प्रशस्तै छन् । धार्मिक यात्रा समेत सफल हुने देखिन्छ । विद्यार्थीहरूलाई उच्चतम लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ ।

कन्या :आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । नवीन कार्यको थालनी गर्दा उचित लाभ पाइने छ । ठूला मान्छेसंग भेटघाटको मौका समेत मिल्ने देखिन्छ ।

तुला : कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । ग्याष्ट्रिक्टले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला । परिवारकाे साथ मिल्ने छ ।

वृश्चिक: पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउन सक्ने छ कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

धनु : अत्यन्तै शुभ छ । स्वास्थ्य त्यति खराब छैन । मानसिक प्रशन्नता बढाउने काम हुनेछन् । आर्थिक नयाँ स्रोत पनि बढ्दै जानेछन् ।

मकर : आज निजी सवारी साधनमा टाढाको यात्रा गर्नु ठीक छैन। कुनै पनि व्यक्तिसँग नगद धनबारे व्यर्थैको कच्–कच्मा फँसिने सम्भावना पनि त्यत्तिकै छ । परिवारकाे साथ मिल्ने छ ।

कुम्भ : आदर सत्कारमा वृद्धि हुनेछ । आश्रित कर्मचारी, पारिवारिक सदस्यबाट राम्रो सहयोग पाइने छ । उन्नति प्रगति हुने देखिन्छ । आज नयाँ वस्तु, जग्गा जमीन खरिद गर्दै हुनुहुन्छ भने शुभ रहेको छ ।

मीन : आम्दानीमा वृद्धि हुने मौका कसैले छुटाइदिने सम्भावना बलियो छ । खुट्टामा चोट लाग्ने, आकस्मिक रोगले दु:ख दिने सम्भावना छ । त्यसैले खानपान लगायत हरेक कार्यमा सतर्कता अपनाउनु होला । रोजगारीको अवसर मिल्ने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?