२६ फाल्गुन २०८२, मंगलबार

महावीर पुनको आत्मकथा झापामा ३० हजार प्रति बिक्यो

झापा – राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ।

Workplace

 

आविष्कार केन्द्रको सहयोगका लागि पुस्तक बिक्री अभियान लिएर उनी गत एक महिना झापामा बसेका थिए। यस अवधिमा उनको पुस्तक बिक्रीबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ।

महाकालीबाट पुस्तक बिक्री गर्दै मेचीको किनार आइपुग्दा उनको सबैभन्दा बढी पुस्तक बिक्री भएको जिल्ला झापा भएको छ। उनको पुस्तक सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो।

जिल्लाको १५ वटै पालिकामा उनी पुस्तक बिक्रीका लागि पुगेका थिए। भद्रपुर नगरपालिकामा सात दिनमा तीन हजार २१९ प्रति अर्थात् रु २४ लाख १४ हजार २५० को पुस्तक बिक्री भएको अभियानमा संयोजनकारी भूमिका निर्वाह गरेका भद्रपुरका दिपेश ढकालले बताए।

‘उनी अति साधारण जीवनशैली भएको व्यक्तित्व हुन्,’ ढकालले भने, ‘पुस्तक बिक्री अभियानमा हिँड्दा उनले बाटामा पोलेका मकै र म:म खाएर भोक मेटाए। ऐस, आराम र सम्मानमा उनको रुचि थिएन। आफूले लगाएका लुगा आफैँ धोए।’

झापाबाट पुस्तक बिक्रीका लागि इलाम पुगेका वैज्ञानिक पुनको अभियानमा अर्का एक जना सहयोगी छन्। सामान बोक्ने सवारीसाधनमा आएका उनी त्यही गाडी लिएर अभियानमा पुग्छन्। उनको सहयोगीले गाडी हाँक्छन्।

बिक्रीबाट सङ्कलन भएको नगद उनले राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित रूपमा जम्मा गर्ने ढकालले बताए। ‘दिनभरि किताब बेच्न हिँड्दा खुट्टा सुन्निने गरेका छन्,’ ढकाल भन्छन्, ‘उनलाई आफ्नो स्वास्थ्यको चिन्ता देखिँदैन, जति चिन्ता उनले वीरगञ्जको औजार कारखाना चलाउने विषयमा लिए।’ पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम आविष्कार केन्द्रमार्फत वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च भएको वैज्ञानिक पुनले बताए।

आत्मकथा बेच्दै हिँडेको पाँच सय दिन पूरा भएको जनाउँदै वैज्ञानिक पुनले अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री भइसकेको बताए। ‘अहिलेसम्म खर्च कटाएर लगभग रु १२ करोड बच्यो। त्यही पैसाले वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरेको हो र नयाँ मेसिनहरू पनि थपेको हो।’ उनले नेतृत्व गरेर सञ्चालनमा ल्याएको वीरगञ्ज औजार कारखाना राम्रैसँग चलिरहेको र त्यहाँ ४० इञ्जिनियरहरूले रातदिन काम गरिरहेको उनले जानकारी दिए। रासस

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?