गरिमा चौधरीको अन्तिम संस्कार, बुवाले दिए दागबत्ती

समाचार सारांश
Auto Generated by AI
  • बाराकी बालिकाको हत्या प्रकरणमा सरकारसँग तीन बुँदे सहमति भएपछि आइतबार अन्तिम संस्कार गरिएको छ।
  • आन्दोलनरत पक्षसँगको वार्तापछि कानुन मन्त्रालयले जघन्य अपराधसम्बन्धी कानुन पुनरावलोकन गर्न सात सदस्यीय समिति गठन गर्ने भएको छ।
  • कलैयाको पसाहा खोलामा आयोजित बालिकाको अन्तिम संस्कारमा स्थानीय प्रशासनका उच्च अधिकारीहरू र परिवारका सदस्य सहभागी थिए।

काठमाडौं।सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिकाको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ।

Workplace

बालिकाका बुवा मनोजले कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोलामा धार्मिक परम्पराअनुसार दागबत्ती दिएका हुन्।

- Advertisement -Workplace

काठमाडौंमा सहमति जुटेपछि बुवा मनोजले आइतबार कलैया अस्पतालबाट शव बुझेका थिए। गत मंगलबार रातिदेखि अस्पतालमा राखिएको बालिकाको शव यात्रा तथा अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सरोज निरौला र इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टलगायत उच्च सुरक्षा अधिकारी तथा परिवारका सदस्य उपस्थित थिए।

शनिबार राति गृह मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि परिवार शव बुझ्न तयार भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनासम्बन्धी विद्यमान कानुनमा भएको कसुर र सजाय पुनरावलोकन गरी सुझाव दिन कानुन मन्त्रालयले ७ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्नेछ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?