मुगुको कोइकी हिमालमा पहिलोपटक सफल आरोहण

रतन रावल कर्णाली — मुगुम कार्मारोङ गाउँपालिका–२ मा अवस्थित कोइकी हिमालमा पहिलोपटक सफल आरोहण गरिएको छ । यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन नागरिक गरी पाँच जना आरोहीको टोलीले समुद्री सतहदेखि ६ हजार १६९ मिटर उचाइमा रहेको सो हिमालको शिखरमा सफल आरोहण गरेको हो ।

Workplace

सफल आरोहीहरूमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब लिन्ड रहेका छन् । उनीहरू रिजन ट्रेक प्रालिको व्यवस्थापनमा नेपाली शेर्पा टोलीसहित आरोहणमा सहभागी भएका थिए ।

स्थानीय बासिन्दा तुण्डुल तामाङले भने, “गाउँकै सामुन्ने रहेको यो हिमालको शिखरमा पहिलो पटक मान्छे पुगेको खबरले हामी हर्षित भएका छौं । यहाँका स्थानीय च्याङ्ग्रा र याक चराउन फेदसम्म पुग्ने गरेका थिए तर शिखरसम्म कोही पुगेको थाहा थिएन । अब त विदेशी आरोही पनि आउनेछन् भन्ने लाग्छ ।”

मुगुम कार्मारोङ गाउँपालिका–२ का पूर्व वडाअध्यक्ष कार्मा तामाङका अनुसार, कोइकी हिमालको पहिलो सफल आरोहणले केवल मुगु होइन, देशकै पर्यटन सम्भावनालाई नयाँ आयाम दिएको छ । “अब यस क्षेत्रको प्रचार–प्रसारमा सरकार र सरोकारवाला निकायले ध्यान दिन जरुरी छ,” उनले भने ।

सफल आरोही मध्ये अष्ट्रियाका २८ वर्षीय सेन्द्रोकले भने, “मैले संसारका थुप्रै हिमाल चढेको छु, तर कोइकी हिमालमा उभिँदा बेग्लै अनुभूति भयो । यो हिमाल सफा, शान्त र सुन्दर छ । हावामा ताजगी छ, कतै फोहर छैन — यस्तो प्राकृतिक शुद्धता मैले पहिलो पटक महसुस गरेँ ।”

उनले स्थानीयको माया र आतिथ्यबाट आफू निकै प्रभावित भएको बताए । “म फर्केर गएपछि आफ्ना साथीहरूलाई पनि यो हिमाल चढ्न प्रेरित गर्नेछु । यहाँको प्रचार बढ्यो भने सयौँ विदेशी पर्यटक आउँछन्,” उनले भने ।

रिजन ट्रेक प्रालिका पथप्रदर्शक पासाङ शेर्पाले भने, आरोहणका क्रममा कुनै ठूला कठिनाइ नपरेको बताए । “मौसम अनुकूल रह्यो, बाटो रमणीय थियो र दृश्य अद्भुत । विदेशी आरोहीहरू अत्यन्तै उत्साहित थिए । उनीहरू फर्कँदा पनि भनिरहेका थिए — हामी फेरि फर्कनेछौं,” उनले सुनाए ।

पर्यटन व्यवसायी राजु कार्कीका अनुसार, पहिलो सफल आरोहणसँगै कोइकी हिमाल अब मुगुको पर्यटन विकासका लागि नयाँ आकर्षण बन्न सक्छ । “यदि अहिले नै प्रचारप्रसारमा जोड दिइयो भने यो हिमाल निकट भविष्यमै अन्तर्राष्ट्रिय आरोहीहरूको नयाँ गन्तव्य बन्न सक्छ,” उनले भने ।

 

यसरी पुग्न सकिन्छ कोइकी हिमाल 

हवाई वा स्थलमार्ग दुवैबाट मुगु पुग्न सकिन्छ ।
नेपालगञ्जबाट रारा विमानस्थल करिब ३५ मिनेटको उडानमार्फत पुगिन्छ । त्यहाँबाट १५–२० मिनेटको जीप यात्रामा सदरमुकाम गमगढी पुग्न सकिन्छ ।

स्थलमार्गबाट यात्रा गर्नेका लागि नेपालगञ्ज वा कोहलपुरबाट बसमार्फत सुर्खेत, दैलेख, कालीकोट हुँदै पहिलो दिन मान्म वा नाग्मा पुगिन्छ । दोस्रो दिन बिहानै हिँडेर जुम्लाको गोठी ज्युला वा बुलबुले हुँदै दिउँसो गमगढी पुगिन्छ ।

त्यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै मुगुम कार्मारोङ गाउँपालिकाको छायल बजार, माग्री गाउँ र ढुङ्गेधारा हुँदै रिउस बगर, लादेगाड, चिताई बगर हुँदै तेस्रो दिन साँझ मुगुम गाउँ पुगिन्छ । चौथो दिन बिहानै मुगुम गाउँको पाटन क्षेत्र हुँदै पाँचौँ दिन समुन्द्री सतहदेखि ४ हजार ६०० मिटर उचाइमा रहेको कोइकी हिमालको आधार शिविर पुग्न सकिन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?