पाकिस्तानले एउटा एउटा अस्पतालमा आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु ।

पाकिस्तानले एउटा एउटा अस्पतालमा आक्रमण गर्दा कम्तीमा ४०० जनाको मृत्यु भएको अफगानिस्तानले दाबी गरेको छ। राजधानी काबुलस्थित उक्त अस्पताल लागुऔषध प्रयोगकर्ताहरूको उपचारमा केन्द्रित थियो। पाकिस्तानले उक्त अस्पताललक्षित नभएको दाबी गरेको छ। तर प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा अस्पताललाई नै निशाना बनाइएको बताएका छन्।

Workplace

अफगान सरकारका एकजना प्रवक्ताका अनुसार सोमबार राति ९ बजेतिर पाकिस्तानको सैन्य विमानले उक्त अस्पतालमा प्रहार गरेको थियो। करिब २ हजार सैय्या क्षमताको उक्त अस्पतालको ठूलो भाग नष्ट भएको छ। अफगानिस्तान सरकारले अहिलेसम्म करिब ४०० जनाको मृत्यु पुष्टी गरेको भने अझै २५० जना घाइते भएको जनाएको छ। स्थानीय सञ्चारमाध्यमहरूले आक्रमणका भिडिओ फुटेजहरू प्रशारण गरिरहेका छन्। जसमा उद्धार टोलीहरू आगो नियन्त्रण र उद्धारका लागि निकै हतासिएका देखिन्छन्।

करिब २ सातादेखि पाकिस्तान र अफगानिस्तान भीषण लडाईंमा छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?