नेपाल महिला संघद्वारा ‘विगत, वर्तमान र भविष्यमा महिला संघको भूमिका’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौं, भदौ ४ । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘विगत, वर्तमान र भविष्यमा नेपाल महिला संघको भूमिका’ विषयक एक दिवसीय विचार गोष्ठी राजधानीमा सम्पन्न भएको छ ।

Workplace

धापासीस्थित मंगलानगरमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सम्पन्न सो गोष्ठीमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता रहेको थियो  । त्यस्तै, विशिष्ट आतिथ्यमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख एवं महिला विभाग प्रमुख पुष्पा भुसाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले नेपाल महिला संघको ऐतिहासिक योगदान, वर्तमान गतिविधि र भविष्यको दिशाबारे धारणा राख्दै महिला सशक्तिकरण, राजनीतिक सहभागिता र नेतृत्व विकासमा संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संघका पदाधिकारी, विभिन्न जिल्ला प्रतिनिधि तथा सरोकारवालाको सक्रिय उपस्थिति रहेको थियो भने सम्पुर्ण महिला दिदी बहिनी हरुमा तिजको रौनक समेत देखिएको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?