icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

भारत उत्तराखण्डको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना  पाँच जानाको  मृत्यु दुई जाना घाइते ।

नयाँ दिल्ली – उत्तराखण्ड,  — उत्तराखण्डको उत्तरकाशी जिल्लामा गंगोत्री धामतर्फ जाँदै गरेको एक हेलिकप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकमध्ये पाइलट र चारजना तीर्थयात्री रहेका छन्।

Workplace

भारतीय सञ्चार माध्यमहरूका अनुसार, हेलिकप्टर गंगोत्री धामतर्फ तीर्थयात्रीहरूलाई लिएर जाँदै थियो। उडानकै क्रममा नियन्त्रण गुमाउँदै हेलिकप्टर उत्तरकाशीको घना जङ्गल क्षेत्र नजिकै दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाको खबर पाएपछि भारतीय वायुसेना, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलतर्फ खटिएको थियो। हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त भएको जनाइएको छ, र प्रारम्भिक जानकारी अनुसार मौसम खराबी वा प्रविधिक कारणले दुर्घटना हुन सक्ने अनुमान गरिएको छ।

उत्तराखण्ड राज्य सरकारले घटना दुखद् रहेको भन्दै मृतकप्रति समवेदना व्यक्त गरेको छ। साथै, घटनाको विस्तृत छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने बताइएको छ।

गंगोत्री धाम भारतको चारधाममध्ये एक पवित्र स्थल हो, जहाँ प्रत्येक वर्ष लाखौं श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्। हालको चारधाम यात्राको सिजनमा तीर्थयात्रीहरूको चाप बढिरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?