जीवनको मूल्य

अमोग यादव – जीवनमा धेरैपटक यस्ता घटना देखिन्छन्, जहाँ मानिसको मूल्य परिस्थितिले होइन, उसको वास्तविक अस्तित्वले निर्धारण गर्छ । त्यस्तै एक प्रतीकात्मक उदाहरण एउटा कक्षाकोठामा उदाहरण दिएर प्रस्तुत गरिएको छ  जसले मूल्य र सम्मानको गहिरो अर्थ बोकेको छ।

Workplace

एक दिन शिक्षक कक्षामा प्रवेश गरे र आफ्नो गोजीबाट नयाँ, चम्किलो सय रुपैयाँको नोट निकालेर विद्यार्थीहरूलाई देखाए। “यो कति रुपैयाँ हो ?” उनले सोधे। सबै विद्यार्थीको स्वर एकैपटक गुन्जियो— “सय रुपैयाँ!”

“यस्तो नोट को-को लाई  चाहिन्छ  ?” शिक्षकले फेरि प्रश्न गरे। सवैका हात एकैसाथ माथि उठे। त्यसपछि उनले सो नोटलाई मुठीमा किचेर डल्लो बनाए, मोटो फोहोर कागजझैँ। तर फेरि सोधे— “अब को-को लिन्छ ?” फेरि पनि हातहरू उस्तै उत्साहका साथ उठे।

यति मात्र होइन, उनले नोटलाई जमिनमा फ्याँके, जुत्ताले कुल्चिए, धुलोमा मिसिएजस्तो बनाए। अनि टिपेर पुनः सोधे—
“अब को-को लिनछ ?” यसपालि पनि उत्तर उस्तै थियो— सबै विद्यार्थीको हात हावामा उठिसकेको थियो।

शिक्षक मुस्कुराए । “यो आजको पाठ हो,” उनले भने, “जीवनमा तपाईंलाई परिस्थितिले कच्याककुचुक पार्न सक्छ, अरूले कुल्चिन पनि खोज्न सक्छन्, परिस्थितिले तपाईंलाई फोहोरझैँ देखाउन सक्छ। तर त्यसले तपाईंको वास्तविक मूल्य घटाउँदैन। नोट जस्तै, तपाईंको मूल्य तपाईं मै हुन्छ—अवस्थाले होइन।”

यो एउटा सजिलो उदाहरण भए पनि यसले जीवनका गम्भीर यथार्थहरू प्रस्ट्याउँछ— कठिनाइले मूल्य घटाउँदैन, परिस्थितिले व्यक्तित्व नाप्दैन, र सम्मान हरेक व्यक्तिको स्थायी पहिचान हो।

लेखक अमोग यादव ठेगाना: मिर्चैया 12 (सिक्रौन)

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?