अमेरिकामा कार्गो विमान दुर्घटना पाँच जनाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • मियामी विमानस्थलमा अमेजनको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ।
  • रनवेबाट बाहिरिएको उक्त विमानले सवारीसाधनलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं।अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना भएको छ ।रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

Workplace

पोर्टो रिकोको सान जुआनस्थित लुइस मुनोज मारिन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७६७/३०० कार्गो विमान स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे मियामीमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको थियो ।

विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको थियो । रनवेबाट बाहिरिएपछि विमानले कैयौँ सवारीसाधनलाई ठक्कर दिएको थियो ।

त्यसपछि विमानमा भीषण आगलागी भएको थियो । विमानको अगाडिको भाग धसिने गरी रोकिएको थियो । घटनालगत्तै करिब २०० जना अग्निनियन्त्रक उद्धार तथा आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । घाइते पाँचजनामध्ये तीन जनालाई गम्भीर अवस्थामा स्थानीय ट्रमा सेन्टर र अन्य दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

अमेजनकी प्रवक्ता केली नान्टेलले विज्ञप्तिमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले मृतकका परिवार तथा दुर्घटनाबाट प्रभावित सबैप्रति अमेजनका तर्फबाट समवेदना व्यक्त गरेकी छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?