icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

“आफैं झाक्री, आफैं धामी बनेर जनता झुक्याउने नाटक नगरौँ” : अध्यक्ष चौहान

लुम्बिनी अर्घाखाँची –  । एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले अर्घाखाँची जिल्लामात्र नभई देशभरै जनतालाई झुक्याउने र आँखामा छारो हाल्ने नाटक गर्ने प्रवृत्ति मौलाएको भन्दै यसप्रति सचेत रहन आग्रह गरेका छन्। उनले पञ्चायतकालीन वनमन्त्रीको एउटा घटनालाई उदाहरण दिँदै अहिले पनि त्यस्तै शैलीमा नाटक मञ्चन गरेर जनताको समर्थन लिने चलन दोहोरिँदो रहेको बताए।

Workplace

चौहानका अनुसार  पञ्चायतकालीन वनमन्त्रीले आफ्नै जिल्लाका प्रभावशाली व्यक्तिलाई बोलाएर साल, सिसौ र खयरका रुख काट्न लगाएका थिए। पछि जिल्ला प्रशासन, प्रहरी र वन कार्यालयलाई निर्देशन दिँदै ती सबैलाई पक्राउ गरी रामधुलाई गर्न, मुद्दा हाल्ने धम्की दिन र करोडौं रुपैयाँ असुल गर्न लगाइयो। थुनुवा र आफन्त पीडित अवस्थामा पुगेपछि मन्त्री आफैं जिल्ला पुगेर “मेरो मान्छेलाई किन थुनियो, किन कुटियो, अहिले नै छोड” भन्दै जिम्मा जमानीमा छुटाइदिए। त्यसपछि उनले कैयौंलाई जीवनदान दिएको नाटक गर्दै भाषण छाटे र “मन्त्री भएकोले मात्रै बच्नुभयो, अब मलाई जिताएर फेरि मन्त्री बनाउनुपर्छ” भन्दै प्रचार सुरु गरे। अन्ततः त्यही नाटककै आधारमा उनले जनताको समर्थन पाए, भोट कुम्ल्याए, पैसा समेत कुम्ल्याए र चुनाव जितेर पुनः बारम्बार  मन्त्री बनेको उल्लेख गरेका छ्न ।

अध्यक्ष चौहानले भने, “यो घटनाले स्पष्ट देखाउँछ– आफैंले जनतालाई फसाउने, आफैंले दवाउने अनि आफैंले नाटक गरेर बचाएको देखाउने चरित्र कति खतरनाक हुन्छ। अहिले पनि यस्तै ढंगका अनेकौं नाटक देशभर मञ्चन भइरहेका छन्।” उनका अनुसार अहिले नेताहरु आफैं सरकारमा बसेर आफैं सडकमा उत्रिने, आफैं माग राख्ने अनि आफैं पुरा गरेको अभिनय गर्ने, कार्यालय खारेज गर्ने अनि पुनःस्थापना गरेको नाटक गर्ने, बजेट कटौती गर्ने अनि पछि यथावत् गर्ने, महँगी एकैपटक सय रुपैयाँ बढाउने अनि पछि २/४ रुपैयाँ घटाएर आफूलाई जनपक्षीय देखाउने प्रवृत्ति देखिएको समेत उल्लेख गरेका छन । यसरी धुर्त्याई गरेर जनतालाई झुक्याउने खेलमा आम जनता लाटासिधा बनेर स्याबासी, बधाई र शुभकामना बाँडिरहेको उनले टिप्पणी गरेका छ्न सामाजिक संजालमा पोस्ट गर्दै उनले उक्त बिषय लेखेका छ्न ।

अध्यक्ष चौहानले अब यस्ता नाटकको भण्डाफोर गर्दै अर्घाखाँचीका ठूला योजनामा वास्तविक ध्यान दिनुपर्नेमा जोड दिएका छ्न।   उनले अर्घाखाँची अस्पताललाई सुविधा सम्पन्न मेडिकल कलेजका रूपमा विकास गर्न कम्तीमा दुई अर्ब रुपैयाँ, पाणिनी क्याम्पसलाई बहुप्राविधिक शिक्षालय बनाउन एक अर्ब, अर्घा–भगवती विमानस्थल सञ्चालन गर्न दुई अर्ब, विदेशिएका युवालाई स्वदेश फर्काई रोजगारी सिर्जना गर्न पाँच अर्ब, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणका लागि तीन अर्ब, सुपा देउरालीलाई विकास कोषमा समावेश गर्न र नरपानी–तिनपाने क्षेत्रलाई चुनढुङ्गा खानीको हैसियतमा होइन, पर्यटन क्षेत्रका रूपमा विकास गर्न तीन अर्ब बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याएका छ्न । उनका अनुसार यस्ता दीर्घकालीन र ठोस योजनामा लगानी नगरी केवल नाटक गरेर फोटो, स्टाटस, बधाई र स्याबासी बाँड्ने प्रवृत्तिले जिल्लाको भलो समेत  नहुने बताएका छ्न ।

“यो गणतान्त्रिक युग हो, जनता अब चटक हेर्ने दर्शक होइनन्,” चौहानले भने, “जुन बेला हामीले जुँगा चलायौं, जनता त्यसको अर्थ बुझ्छन्। बाउन्न पत्तीका त्रिपन्न खेल जनतालाई थाहा छ। त्यसैले अब ढाँट र धुर्त्याईले होइन, साँचो कामले मात्र लोकप्रियता कमाउन सकिन्छ।” भन्दै सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छ्न।

उक्त पोस्ट

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?