तीनकुने घटनाअघि नै आफूलाई मार्ने योजना भएको  दुर्गा प्रसाईंको दाबी 

काठमाडौं । व्यवसायी तथा राजावादी एवं जनकमान्डर अभियानका संस्थापक दुर्गा प्रसाईंले तीनकुनेमा चैत १५ गते भएको घटनाभन्दा अघिल्लो दिन नै आफूलाई हत्या गर्ने योजना बनेको सूचना प्राप्त गरेको दाबी गरेका छन्। लामो समय थुनामा बसेर बाहिरिएका उनी सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेका हुन्। उनले भने, “अघिल्लै दिनमा मलाई सूचना आएको थियो— त्यहाँ घुसपैठ हुँदैछ, तँलाई मार्दैछन्। त्यसपछि मैले प्रहरीसँग सुरक्षा मागेको थिएँ।”

Workplace

प्रसाईं नेतृत्वमा सञ्चालन गरिएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले चैत १५ मा आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो। सो घटनामा दुई जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। त्यतिबेला सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। त्यसलगत्तै प्रहरीले प्रसाईंसहित ६१ जनामाथि कर्तव्य ज्यान, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो।

- Advertisement -Workplace

जेठ ३० गते काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने ३२ जनालाई धरौटीमा र बाँकीलाई साधारण तारेखमा छोड्ने आदेश गरेको थियो। यतिबेला प्रसाईंमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा अन्य आर्थिक अनियमितताबारे पनि अनुसन्धान भइरहेको छ। तीनकुने घटनापछि फरार रहेका उनलाई चैत २८ गते भारतको असाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

पत्रकार सम्मेलनमा प्रसाईंले आफूलाई योजनाबद्ध रूपमा फसाइएको आरोप लगाउँदै हिंसात्मक गतिविधिमा संलग्न नभएको दाबी गरे। उनले भने, “यो सब योजनाबद्ध षड्यन्त्र हो। प्रहरीमाथि पहिले नै ढुंगामुढा भइरहेको थियो, त्यसपछि अवस्था नियन्त्रण बाहिर गएको हो। मलाई जबर्जस्ती दोषी ठहराउने प्रयास भइरहेको छ।”

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?