सल्यान,
जिल्ला प्रहरी कार्यालय, सल्यानमा आज देखि आधारभूत प्रहरी कारवाही विधि विशेष अनुशिक्षण तालिम सुरु भएको छ।

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौंको तत्त्वावधानमा र कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज, बाँके) को सहकार्यमा सञ्चालन भएको तालिम आज भदौ १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने छ।

६ दिनसम्म चल्ने उक्त तालिम प्र.व.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित गरी आयोजना गरिएको हो।
तालिमको औपचारिक उद्घाटन जिल्ला प्रहरी कार्यालय, सल्यानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक *डा. हेम बहादुर के.सी.*ले गर्नुभएको हो ।

तालिममार्फत सहभागी प्रहरी कर्मचारीलाई आधारभूत स्तरमा कारवाही सम्बन्धी व्यावहारिक दक्षता र कार्यगत क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको प्रहरीले जनाएको छ।

