एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू झिक्न मिल्ने सेवा सुरु

काठमाडौं।नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना केही एटिएम मेसिनबाट सय रुपैयाँ दरका नोटहरू पनि झिक्न मिल्ने सेवा सुरु गरेका छन्।

Workplace

आगामी असोज २५ गते घटस्थापनाको दिनबाट सुरु हुने दसैं लगायतका चाडपर्वलाई लक्ष्य गर्दै बैंकहरूले एकसय रुपैयाँ दरका नयाँ नोट पनि एटिएमममा राख्न थालेका हुन्।

- Advertisement -Workplace

यसपालीको दसैं सुरु हुने दिन घटस्थापना आउन अब जम्मा १२ दिन मात्र बाँकी छ।यसअघि बैंकहरूले एटिएममा हजार र पाँचसय रुपैयाँका नोट मात्रै राख्दै आएका थिए। एकसय रुपैयाँ र सोभन्दा कमका नोट साट्न ग्राहकले सम्बन्धित बैंक तथा वित्तिय संस्थामै पुग्नुपर्ने बाध्यता थियो।

बैंकहरूले बुधबारबाट एटिएम मेसिनमा सय रुपैयाँका नोट पनि राख्न थालेपछि अहिले दसैंका लागि नयाँ नोट लिन खोज्ने सर्वसाधारण र विद्यार्थीलाई निकै राहत भएको छ।

बैंकहरूले पनि सर्वसाधारण र विद्यार्थीको सहजताका लागि आफ्ना सीमित एटिएम मेसिनहरू क्यालिब्रेट गरेर १०० रुपैयाँ दरका नोट पनि राख्न थालेका हुन्। दसैंका उपभोक्ताको सहजताका लागि राष्ट्र बैंकले गरेको नयाँ निर्देशन र सम्बन्धित बैंकहरूको प्राविधिक तयारीपछि अहिले काठमाडौं उपत्यकाका केही प्रमुख स्थानहरूबाट सय रुपैयाँ दरका नोट एटिएमबाटै पाइन थालेको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालले काठमाडौं उपत्यकाका केही महत्त्वपूर्ण व्यापारिक स्थाननजिकका बैंकले एटिएम मेसिनबाट सय रुपैयाँ लिन मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराए।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?