पूर्वराजाको सम्बोधनले राजावादीहरूमा नयाँ जोस

काठमाडौं । प्रजातन्त्र दिवसको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना सन्देशले राजावादी वृत्तमा नयाँ जोस  ल्याएको छ। राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्षको तयारी भएको संकेत गर्दै,  पुर्ब राजा ज्ञानेन्द्र शाहले ‘देश बचाउन साथ दिन’ आह्वान गरेका थिए

Workplace

पूर्वराजाले आफ्नो सन्देशमा दलहरूलाई चेतावनी दिँदै आफूले विगतमा राष्ट्रहितका लागि गरेको त्यागलाई कमजोरी नठान्न भनेका छन्। उनले भनेका छन्, “हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं। नेपालको उन्नतिका लागि हामीबाट अरु के-के त्याग गर्नुपर्ने हो, हामी तयार छौं। अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं।”

शाहले यसअघि पनि यस्ता अभिव्यक्तिहरू दिएका थिए, तर यसपटक उनको सन्देश प्रत्यक्ष रूपमा ‘साथ दिन’ अनुरोध गर्दै आएको देखिन्छ। यो भन्दा पोहिला प्रत्यक्ष आएर देशब्यापी रुपमा सबै सामु साथ दिन चाहिँ भनेका थिएनन्  यही कारण राजावादी वृत्तमा नयाँ जोश देखिएको अनुमान गर्न सकिन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले पूर्वराजाको सन्देशलाई गम्भीर रूपमा लिएको  देखन सकिन्छ धेरै जस्तो नेताले आफ्नो सांमाजिक संजालमा आफ्नो प्रतिक्रिया जनाइएको  देखन सकिन्छ । पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले शाहको सन्देशलाई ‘साहसिलो सम्बोधन’ भन्दै समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “फागुन ७ नेपालीहरूको लागि ऐतिहासिक महत्व र उपलब्धिको दिन हो। यस सन्दर्भमा राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय रहेको बताएका छ्न ।

यस्तै  महामन्त्री डा. धवलशम्शेर राणाले पनि पूर्वराजाको आह्वानलाई महत्वपूर्ण ठहर गरेका छन्। उनले भनेका छन्, “देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिएको छ, त्यसप्रति हाम्रो पार्टी र मेरो पूर्ण समर्थन छ।” उनले उल्लेख गरेका छ्न

यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि पूर्वराजाको सन्देशलाई ऐतिहासिक सन्दर्भमा हेरिनुपर्ने बताएका छन्। उनले भनेका छन्, “नेपालको एकीकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरण राजा र जनताको साझा प्रयासबाट हुँदै आएको इतिहास साक्षी छ। १८ वर्षअघि षड्यन्त्रपूर्वक टुटाइएको राजा र जनताबीचको एकताको धागोलाई पुनः जोडेर देश बचाउन र बनाउन आजको दिनले प्रेरणा देओस्।” उनले लेख्छन्

नवराजावादीका रूपमा चर्चित व्यवसायी दुर्गा प्रसाईंले पनि पूर्वराजाको सन्देशप्रति समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राजा आफैंले समेत तदारुकता देखाएको बेला हामी सबै जुट्ने बेला हो। यो व्यवस्था विषाक्त साबित भइसकेको छ। अब हामी सबैले मिलेर संवैधानिक राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली, हिन्दू राष्ट्रको पुनर्स्थापना र प्रदेश खारेजको महाअभियानमा जुट्नुपर्छ।” प्रसाईं

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन्।  “अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिने बताएका छ्न । संसददेखि सडकसम्म यसको पक्षमा आवाज उठाउने तयारी गरेको शाहिले बताएका छ्न ।

राजाको पछिल्लो सन्देशले राजावादी शक्तिहरूलाई एकत्रित गराउने संकेत दिएको छ तर यसको लागि राजावादी हरु कति  एकत्रि हुन्छन् भने छ भने अर्को तर्फ राजावादी एक तर्फी हुदा गणतन्त्र वादिको भुमिका के हुन्छ? यसले यतिबेला राजनीतिमा एउटा नयाँ  बहसको सुरुवात गरेको छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

छुटाउनुभयो कि ?