प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा १२ विधेयक पारित, संसदको चालु अधिवेशन गएरातिदेखि अन्त्य

समाचार सारांश
Auto Generated by AI
  • सङ्घीय संसदको चालु अधिवेशन औपचारिक रूपमा अन्त्य भएको छ ।
  • अधिवेशनमा १२ वटा विधेयक पारित भई ११ वटा प्रमाणीकरण भएका छन् ।
  • दिनसम्म चलेको संसदले बजेट पारित गर्नुका साथै विभिन्न जनसरोकारका मुद्दामा छलफल गरेको छ ।

काठमाडौ – सङ्घीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । चालु अधिवेशनमा संसदका दुवै सदनबाट १२ वटा विधेयक पारित र ११ वटा प्रमाणीकरण भएका छन् ।

Workplace

गएको वैशाख २८ गतेदेखि शुरू भई १४५ दिनसम्म चलेको प्रतिनिधिसभाको अधिवेशनमा ६८ वटा बैठक बसेका छन् । अधिवेशनको समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदले यस अवधिमा १२ वटा विधेयक पारित गरेको र विपद् व्यवस्थापनसहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी दिनुभयो ।

- Advertisement -Workplace

यस अवधिमा ६२ दिनमा ६८ पटक बैठक बसेको संसद सचिवालयले जनाएको छ ।

यो अधिवेशनमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठक समेत गरी कानुन निर्माण र नीतिगत बहसमा संसद केन्द्रित रह्यो । संसदले आर्थिक विधेयक २०८३, विनियोजन विधेयक २०८३ र सम्पती शुद्धीकरण निवारण तेस्रो संशोधनलगायतका १२ वटा महत्वपूर्ण विधेयक पारित गरेको छ । जसमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । यसबाहेक २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन् भने केही थप विधेयकहरू प्रक्रियामा रहेका छन् ।

सदनले नीति तथा कार्यक्रम पारित गर्नुका साथै राजश्व र व्ययको वार्षिक अनुमानमाथि विस्तृत छलफल गरी बजेट कार्यान्वयनको बाटो खोलेको छ । त्यस्तै, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदनहरू सभामा पेस भएका छन् । सरकारका विभिन्न मन्त्रीहरूले प्रश्नोत्तरका क्रममा सांसदहरूले उठाएका जनसरोकारका विषयमा जवाफ दिएका छन् ।

जलवायु परिवर्तनको प्रभाव र विपद् व्यवस्थापनका लागि अध्ययन गर्न १५ सदस्यीय विशेष संसदीय समिति पनि गठन गरिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?