icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

इन्टरनेटको गति अचानक ढिलो, सेवाग्राही आक्रोशित, कारण अझै अज्ञात

काठमाडौं,– नेपालभर इन्टरनेट सेवा सुस्त भएको गुनासो सामाजिक सञ्जालमा व्यापक रूपमा व्यक्त गरिएको छ। आइतबार साँझ करिब ८:४५ बजेदेखि विभिन्न इन्टरनेट सेवाप्रदायकका ग्राहकहरूले इन्टरनेट ढिलो चलेको वा समयमा लोड नहुने समस्या भोगिरहेको बताएका छन्।

Workplace

इन्टरनेट स्लो हुनुको कारणबारे कुनै आधिकारिक जानकारी आइनसकेको भए पनि अधिकांश सेवाग्राहीहरूले समस्या नेटवर्कको ट्राफिक, प्रविधिगत अवरोध वा कुनै आन्तरिक प्राविधिक कारण हुनसक्ने आशंका व्यक्त गरेका छन्। केही प्रयोगकर्ताहरूले आफ्ना इन्टरनेट प्रदायकसँग सम्पर्क गर्दा समस्या समाधान प्रयास भइरहेको तर यकिन कारण खुल्न बाँकी रहेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रियाहरू दिएका छन्। एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, “नेपालभर इन्टरनेट स्लो छ। कुनै ठोस कारण थाहा छैन, तर काम गर्न निकै समस्या भइरहेको छ।” अर्का एक प्रयोगकर्ताले भने, “गेम खेल्नै गाह्रो भयो, भिडियो पनि लोड हुँदैन। इन्टरनेट सेवा प्रदायकहरूले चाँडै समस्या समाधान गरोस्।”

नेपालका ठूला इन्टरनेट सेवा प्रदायकहरू—नेपाल टेलिकम, वर्ल्डलिङ्क, वायफाई नेपाल, सुबिसुलगायतबाट यसबारे आधिकारिक प्रतिक्रिया आइसकेको छैन। प्राविधिक कारण, साइबर हमलाको आशंका वा अन्य कुनै कारणले समस्या आएको हो भन्नेबारे पनि पुष्टि हुन बाँकी छ।

नेपाल टेलिकम्युनिकेसन प्राधिकरण (NTA) तथा अन्य सम्बन्धित निकायहरूले यस घटनाबारे आधिकारिक जानकारी दिने वा समस्या समाधान गर्ने प्रयास गरिरहेका छन् कि छैनन् भन्ने विषयमा समेत कुनै प्रतिक्रिया आइसकेको छैन।

इन्टरनेट सेवा कहिलेसम्म सुचारु हुनेछ भन्ने अन्योलता कायमै रहेको छ। सेवाग्राहीहरूले सम्बन्धित सेवा प्रदायकहरूलाई समस्या चाँडै समाधान गर्न आग्रह गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?