icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

तीजको रौनक सुपा देउरालीमा — दिदीबहिनीहरूको आवाज गुञ्जिनेछ सुपादेउरमलि मा

अर्घाखाँची — हरितालिका तीजको उल्लासलाई थप रंगीन बनाउन श्री सुपा देउराली मन्दिर संरक्षण समितिले आगामी २०८२/ ३१ गते, श्रीकृष्ण जन्माष्टमीको शुभअवसरमा, भव्य तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।

Workplace

 

सांस्कृतिक सम्पदा संरक्षण र स्थानीय परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यसहित हुने यस प्रतियोगितामा सहभागी हुन समितिले सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ। सहभागी समूहमा कम्तीमा १५ जना हुनुपर्ने, आफ्नै पोशाकमा सजिएर आउने र वाद्यवादन सामग्री स्वयं आफैले ल्याउने पर्ने समिति का सचिव हरि खनाल ले नेपाल खोज खबर लाई बताउनु भयो ।

कार्यक्रम सुपा देउराली मन्दिरको पवित्र प्राङ्गणमा हुने छ भने दर्ता बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म खुला रहनेछ। आयोजक समितिले यो अवसरलाई दिदीबहिनीहरूले आफ्नो कला, संस्कार र तीजको उत्साह देखाउने सुनौलो मञ्चको रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

“तीजको गीत, संस्कृतिको जीत” भन्ने नारासहित यो कार्यक्रमले गाउँ र पर्वतलाई महिलाहरूको गीत संगीतले गुञ्जाउने अपेक्षा गरिएका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?