मालारानी गाउँपालिकामा महिला सशक्तीकरण विषयक तीज गीत प्रतियोगिता हूने!

अर्घाखाँची। मालारानी गाउँपालिकाले हरितालिका तीजको अवसरमा ‘महिला सशक्तीकरण तथा स्थानीय मौलिक संस्कृति’ विषयमा तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाभित्रका सबै वडाबाट अधिकतम दुई समूहले मात्र सहभागिता जनाउन पाउने यस प्रतियोगिता आगामी २०८२ भदौ ४ गते, बुधवार बिहान १० बजे मालारानी गाउँपालिका सभाहलमा सञ्चालन हुने जनाइएको छ।

Workplace

गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन, मौलिक संस्कृति संरक्षण र महिला सहभागिता अभिवृद्धिलाई लक्षित गरी आयोजना गर्न लागेको प्रतियोगितामा सहभागी प्रत्येक समूहमा कम्तीमा १० जना महिला रहने व्यवस्था गरिएको छ। प्रस्तुतिका लागि अधिकतम १२ मिनेट समय तोकिएको छ। कार्यक्रममा पोशाक, सांस्कृतिक शब्दावलीको प्रयोग, मौलिकता र प्रस्तुतिको आकर्षणलाई विशेष महत्व दिइने भएको छ।

प्रतियोगितामा कुनै पनि समूहले तीजसँग असम्बन्धित विषयवस्तु, राजनीतिक प्रचार, धार्मिक वा जातीय विभेदजन्य सामग्री प्रस्तुत गर्न नपाउने व्यवस्था गरिएको छ। यसले कार्यक्रमलाई शुद्ध सांस्कृतिक र मनोरञ्जनात्मक स्वरूपमा राख्ने उद्देश्य रहेको आयोजकको भनाइ छ।

मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईका अनुसार यस प्रकारका कार्यक्रमले गाउँपालिकाभित्र महिला सशक्तीकरणमा ठोस योगदान पुर्‍याउने छन्। “महिलाहरूको प्रतिभा प्रकट हुने मात्र नभई यसले हाम्रो मौलिक संस्कृति संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणमा मद्दत पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।

प्रतियोगितामा उत्कृष्ट समूहहरूलाई क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार स्वरूप २५ हजार, २० हजार, १५ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। गाउँपालिकाले इच्छुक समूहलाई समयमै तयारी पूरा गरी तोकिएको मिति र समयमा उपस्थित हुन आह्वान गरेको छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?