शिक्षा विधेयक संशोधनको माग गर्दै सैनामैना प्याब्सनद्वारा ज्ञापनपत्र

अनिता चौधरी  लुम्बिनी श्रावण ३० –  शिक्षा विधेयक संशोधनको माग गर्दै सैनामैना प्याब्सनद्वारा ज्ञापनपत्र बुझाएको छ प्रस्तावित शिक्षा विधेयक २०८० ले निजी विद्यालय क्षेत्रलाई धराशायी बनाउने भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सैनामैना नगर कमिटीले नगर प्रमुख फणेन्द्र प्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।

Workplace

सैनामैना प्याब्सनका अध्यक्ष टोपलाल भट्टराईको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा विधेयकमा रहेका केही विवादास्पद प्रावधानहरूले निजी शिक्षामा लगानी गर्नेहरूको मनोबल घटाउने र समग्र शिक्षा क्षेत्रमा अस्थिरता ल्याउने चिन्ता व्यक्त गरिएको छ । निजी क्षेत्रले शिक्षाको विकासमा चार दशकभन्दा लामो समयदेखि गर्दै आएको योगदानलाई बेवास्ता गरिएकोे आरोप छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, नेपालमा निजी विद्यालयहरूले पछिल्लो तीन दशकमा करिब ६ खर्ब रुपैयाँ लगानी गरिसकेका छन् । यस क्षेत्रले हाल ४ लाख रोजगारी सिर्जना गर्नुका साथै ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

निजी क्षेत्रको वार्षिक योगदान देशको कुल शिक्षा बजेटको ३५ प्रतिशत र कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ७.२% रहेको दाबी गरिएको छ । सैनामैना प्याब्सनले शिक्षा विधेयकमा भएका केही प्रावधानले शिक्षा क्षेत्रको विकासमा गरेको महत्वपूर्ण योगदानलाई जोखिममा पार्ने बताएको छ ।

ज्ञापनपत्रमा सैनामैना प्याब्सनले तत्काल विधेयकमा संशोधन गर्नुपर्ने चार मुख्य बुँदाहरू उल्लेख गरेको छ । ’निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश हटाउनुपर्ने, ’पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, हाल अभ्यासमा रहेको १०% छात्रवृत्ति दिने प्रावधानलाई नै निरन्तरता दिनुपर्ने र छात्रवृत्तिमा भर्ना, वार्षिक र मासिक पढाइ शुल्क मात्र कायम गरिनुपर्ने माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण रहेको बताए । उनले प्याब्सनको मागलाई सम्बन्धित निकायमा पु¥याएर सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ज्ञापनपत्र बुझाउने टोलीमा प्याब्सनका केन्द्रीय सदस्य अनन्तराम शर्मा, प्रदेश सचिव कृष्ण प्रसाद शर्मा, जिल्ला उपाध्यक्ष भोजराज पौड्याल, जिल्ला सदस्य लेखनाथ गैरे नगर सचिव मेघराज अर्याल, कोषाध्यक्ष सुनिल पोखेल, सल्लाहकार धर्मराज घिमिरे, सदस्यहरु जे.एन. पाण्डे, रीता खत्री र लक्ष्मण अर्यालको सहभागिता थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?