
- अनिल बानियाँको निरन्तर प्रयासले मुगुको ताल्चामा 4G टावर निर्माणको बाटो खुलेको छ।
- विमानस्थल आसपासका बासिन्दा र व्यवसायीले अब छिटो सञ्चार सुविधा पाउनेछन्।
- यो टावर दुर्गम क्षेत्रलाई प्रविधिमार्फत जोड्ने र विकासको ढोका खोल्ने माध्यम बनेको छ।
केही समय अघि युवा सामाजिक अभियन्ता अनिल बानियाँ ले मुगु जिल्लाको ताल्चामा 4G टावर निर्माणका लागि नेपाल टेलिकम बाट स्वीकृति ल्याएका थियौँ। तर नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यक्षेत्र भित्र पर्ने भएकाले प्राविधिक जटिलताले काम केही समय रोकिन पुगेको थियो निकै कठिन थियो तर सजिलो तरिकाले निकास पाउने अवस्था थिएन । धेरैले सोचे अब यो पनि अधुरै रहन्छ होला। हुन्छ र कागजमा मात्रै सिमित हुन्छ भन्ने मुगाली जनताको सोच थियो।
युवा सामाजिक अभियन्ता अनिल बानियाको निरन्तर धैर्यता र प्रतिबद्धताको बलमा आज त्यो अवरोध पार भएको छ। अब ताल्चा क्षेत्र जहाँ कहिले काहीँ एउटा फोन गर्न पनि घण्टौँ कुर्नुपर्ने अवस्था थियो तर छायानाथ रारा नगरपालिकाको वडा नम्बर ७ मा निर्माणाधीन टावर भएतापनि ताल्चा विमानस्थलमा को आसपासका क्षेत्रमा भने त्यति इन्टरनेट ले काम नगर्ने भएकोले सेवाग्राही र होटल व्यवसायीलाई र अन्य पर्यटन व्यवसायीहरूलाई ठूलो समस्या खेपिरहनुपर्ने बाध्यता र को थियो। त्यहाँ अब ताल्छ विमानस्थल आसपासका जनताहरूलाई 4G सेवा पुग्ने बाटो खुलेको छ अनिल बानियाले बताएका। 
यो केवल टावर होइन, यो दुर्गम लाई देशसँग जोड्ने पुल हो।
यो केवल नेटवर्क होइन, यो जीवन रक्षा, सूचना र अवसरको ढोका हो। अब यात्रुहरूलाई सहज हुनेछ, स्थानीय बासिन्दाले आपतकालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न सक्नेछन्,भएका छन विद्यार्थीहरू डिजिटल दुनियाँ सँग जोडिने छन्, र विकासको गति अझै तीव्र हुनेछ।
यस महत्वपूर्ण कार्यमा निरन्तर साथ र सहयोग गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक ज्यू र उपमहानिर्देशक ज्यू, वायरलेस सेवा निर्देशनालय का प्रमुख ज्यू लगायत सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् अझै पनि सञ्चार सेवामा पछि परेका मुगुका कयौं बस्तीहरूमा अनिल बानियाको ठूलो कदम पहली रहेको र अब ती बस्तीहरूमा पनि छिटै नै संसार सेवाबाटै मानिसहरू प्रभावित हुने बताएका छन्।

