आज मिति २०८२ पुस २७गते आईतवार आजको राशीफल

🌼🌻🙏

Workplace

मेष : दिन सामान्य रहेको छ। सोचेका काममा बाधा अड्चन आउनसक्छ। बन्धुको साथले मनमा शान्ति मिल्नेछ। स्वास्थमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल हुनेछ।

वृष : दिन राम्रो छ। ठूलासँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पठनपाठनमा थप मिहिनेत गर्नुपर्नेछ । स्वदेशमै गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। व्यवहारमा सुधारका संकेत देखापर्नेछन्। कृषिमा गरेको लगनीबाट फाइदा मिल्नेछ। आज पश्चिमको एकल यात्रामा नजानु राम्रो हुनेछ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा भने समस्या आउन सक्नेछ। पारिवारिक सम्बन्धमा गढबढी हुनसक्ने छ।

सिंह : दिन सामान्य रहेको छ। साना कुराले मनमा चिन्ता बढ्नेछ। बाहिरको साथीले प्रशंसा गर्नेछन्। आफूभन्दा ठूलाको उपदेश मानेर अघि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग घुमघाम तय हुँदा मन हर्षित हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारले मनमा उत्साह थपिनेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले साथ दिनेछन्। कर्म क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा सम्मान मिल्नेछ। स्वदेशीभन्दा विदेशी लगानीबाट लाभ मिल्नेछ।

वृश्चिक : दिन राम्रो रहेको छ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। सचेत रहनुहोला। पारिवारिक सम्बन्ध भने सुमधुर रहनेछ। राजनीतिमा राम्रो पहुँच रहेको छ।

धनु : दिन सामान्य रहेको छ। खानामा अरुची बढ्नेछ। थोरै बोल्नु उचित हुनेछ। शत्रु बढ्ने योग परेको छ। दाम्पत्य जीवनमा तपाईंको मनोकामना पूरा हुनेछ। धार्मिक क्षेत्रमा चर्चाले मनमा शान्ति मिल्नेछ।

मकर : आज तपाईंको दिन राम्रो रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। सहकार्यमा गरेको व्यापार व्यवसायबाट उल्लेखनीय फाइदा हुनेछ। अरुको निर्णयमा भर पर्दा घाटा हुनसक्छ।

कुम्भ : धनलक्ष्मी योग परेको छ। सम्पत्तिका स्रोत भेटिनेछन्। तपाईंले गरेको शिक्षाको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। बिहान उठेर शिवजीलाई जल अर्पण गरेर अघि बढे दिन सहज हुनेछ।

मीन : आज दिन राम्रो रहेको छ। आफ्नै राशीमा चन्द्रमा पुगेकाले सानातिना समस्या थेग्नसक्ने क्षमता बढ्नेछ। स्वास्थ्यमा उल्लेखनीय सुधार हुनेछ। रोजगारको क्षेत्रमा भने पदोन्नती हुने सम्भावना छ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छायाँनाथ रारा नगरपालिका ले आर्थिक वर्षको लागि ६५ करोड २१ लाख ४२ हजार ४१ रुपैयाँ बराबरको बजेट सार्वजनिक। गर्दै।

मुगुको छायाँनाथ रारा नगरपालिका ले ल्यायो ६५ करोड २१ लाख४२हजार ४१ रुपैया बराबर को बजेट सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

छुटाउनुभयो कि ?