२६ फाल्गुन २०८२, मंगलबार

२५ करोड बराबरको युरो र डलर बरामद, कुसाङ लामा चालक ‘फुच्चे’ फेरि पक्राउ

काठमाडौं, – प्रहरीले टोखा झोर महांकालबाट २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा सहित एक ट्रक नियन्त्रणमा लिएको छ। ना.७ ख १६५२ नम्बरको उक्त ट्रक कुसाङ लामा नामका चालकले चलाएका थिए, जो सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन्। उनी ‘फुच्चे’ उपनामले परिचित छन्।

Workplace

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक चेकजाँच गर्दा ड्राइभर सिट ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाएर लुकाइएको अवस्थामा युरो र डलर बरामद गरेको हो। कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार आरोपी विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै चीनतर्फ सुन किन्न जाँदै थिए।

ट्रकमा ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको छ, जसका मालिक कुसाङ लामा नै हुन्। उनी यसअघि पनि सुन तस्करीमा पक्राउ परिसकेका थिए। २०७३ पुस १३ मा अपराध महाशाखाले उनलाई ७ किलो सुनसहित पक्राउ गरेको थियो। त्यसपछि उनी ५ वर्ष जेल बसेर २०७८ मा रिहा भएका थिए। जेलमुक्त भएसँगै उनले फेरि अवैध सुन तस्करीको काम सुरु गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार ‘फुच्चे’ लामाले भरिया र चालकको रूपमा काम गर्दै आएका थिए। उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसएसपी बस्नेतले जानकारी दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?