icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

मुख्यमन्त्री बानियाँको घोषणा : “राज्यबाट कुनै सुविधा लिन्नँ, सेवा गर्न आएको हुँ”

काठमाडौं,  –बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले राज्यबाट पाउने तलब, भत्ता तथा कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।

Workplace

मंगलबार नियुक्तीको दिनै राति पत्रकार ऋषि धमलासँग प्राइम टिभीमा विशेष कुराकानी गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
“म एउटा फोटो झुण्ड्याउनका लागि मुख्यमन्त्री बनेको होइन,” उनले अन्तर्वार्तामा प्रष्ट पारे, “संघीयताको सफल कार्यान्वयनको मेरुदण्ड भनेकै प्रदेश हो, त्यसैले म प्रदेशको सेवा गर्न आएको हुँ।”

मुख्यमन्त्री बानियाँले प्रदेशको समृद्धिको लागि आफू चुनाव लडेको भन्दै पार्टीभित्रको सहमति कार्यान्वयन गर्न आफू दलको नेता बनेको बताए।

उनले थपे, “मैले बहादुर सिंह लामासँग आलोपालो नेतृत्व गर्ने सहमति सभापति शेरबहादुर देउवाको रोहवरमा गरेको थिएँ। उहाँको राम्रा नीति, योजना र निर्णयलाई निरन्तरता दिनेछु।”

यसअघि बानियाँ र लामाबीच दलको नेताको विषयमा विवाद देखिएको थियो। अन्ततः पार्टीभित्रको सहमतिअनुसार बानियाँलाई दलको नेता र मुख्यमन्त्री बनाउने निर्णय भएको हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?