
- नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ।
- बिहीबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य पनि तोलामा २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ।
काठमाडौ – नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको मूल्य घटेको हो ।

बुधबारको तुलनामा बिहीबार (असोज २९) छापावाल सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको छ ।

बुधबार २ हजार ७०० रुपैयाँ घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार २ हजार २०० रुपैयाँले ओरालो लागेर २ लाख ९२ हजार २०० रुपैयाँ थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ रहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ थियो ।
