दर्विन खडका अर्घाखाँची — संघीय संसद्मा दुई वर्षदेखि अर्घाखाँची जिल्लाको आवाज पुग्न सकेको छैन। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका प्रभावशाली नेता तथा सांसद टोपबहादुर रायमाझी थुनामा परेपछि जिल्ला प्रतिनिधित्वविहीन बनेको हो।

रायमाझी अनुपस्थित हुँदा संसदमा जिल्लाको आवाज हरायो, योजनामा बजेट रोकियो र जिल्लाको राजनीतिक गतिविधि प्रायः ठप्प बनेको छ। विकास योजनाहरू अधुरा छन्, कार्यकर्ता दिशाविहीन छन्, र जनतामा निराशा थपिँदै गएको छ।
बिकास प्रेमी नेता जेल पोछी ठप्पजस्तै विकास योजना टोपबहादुर रायमाझी संघीय संसदमा अर्घाखाँचीको एक्ला प्रतिनिधिका रूपमा सक्रिय थिए। उनी नहुँदा अर्घा विमानस्थल, नौमुरे जलविद्युत् आयोजना, सालझण्डी–ढोरपाटन सडकजस्ता बहुप्रतिक्षित योजनाहरू बजेट अभावले थन्किएका छन्। संघीय सरकारमा प्रभाव नहुँदा अर्घाखाँचीका माग सुन्ने कोही छैन।
जनतामा चर्को असन्तुष्टि, कार्यकर्ता भौतारिने अवस्था आएको छ रायमाझीले २०६४ सालदेखि हरेक निर्वाचनमा जित्दै अर्घाखाँचीमा बलियो प्रभाव बनाएका थिए। तर, उनी थुनामा परेपछि कार्यकर्ताहरूमा दिशाविहीनता देखिएको छ। नेकपा एमालेकै धेरै कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर मोडिन थालेको देखिएको छ। संरक्षण र नेतृत्वविहीनता कार्यकर्ता पलायनको मुख्य कारण भइरहेको छ।
सबै दलका नेता स्थानीय बुद्धिजीवीको साझा धारणा
जिल्लाका विभिन्न राजनीतिक दल, पत्रकार, बुद्धिजीवी र सामाजिक अभियन्ताहरू समेतले रायमाझीको अभावमा अर्घाखाँची पछाडि परेको स्वीकार गरेका छन्। नेकपा एमाले मात्र होइन, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा लगायत दलका स्थानीय नेताहरूले समेत रायमाझीलाई ‘विकासप्रेमी’ र ‘अर्घाखाँची बुझ्ने नेता’को रूपमा सम्झिँदै आएका छन्।
स्थानिक सालिकराम रायमाझी भन्छन्, “जिल्ला सुनुवाइविहीन बनेको छ। जनता हरेक निकायमा पुग्दा गुनासो सुन्ने कोही छैन। योजनाहरू अधुरा छन्। हामीलाई फेरि पनि टोपबहादुरकै आवश्यकता छ।”
रायमाझीप्रतिको समर्थन सामाजिक सञ्जालमै उर्लियो विभिन्न मिडियामा उनको चर्चा बिहीबार सामाजिक सञ्जालहरूमा रायमाझीप्रतिको समर्थन खुलेर देखिएको थियो । विभिन्न पोस्ट, प्रतिक्रिया र भिडियोमार्फत जनताले अर्घाखाँचीको नेतृत्व फेरि टोपबहादुरमै देखिरहेका छन्।
राजनीतिक नेतृत्वको अभाव, संघीय योजनामा बजेट अवरोध, कार्यकर्ता विचलन र जनताको निराशा — यी सबै समस्याले अर्घाखाँचीलाई गम्भीर संकटतर्फ धकेलेको छ। यसैबीच टोपबहादुर रायमाझीको नाम पुनः शक्तिशाली रूपमा उब्जिएको छ ।
किन कि अर्घाखाँची जिल्लाकै एमाले बाट नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुदा समेत अर्घाखाँचीका बिकास योजना अधुरो हुनु टोपबहादुर लाई जेल मुक्त गराउन पहल नगर्नुले अर्घाखाँचीमा पनि एमाले दुई गुट रहेको स्पस्ट देखिएको छ । नाम नलिने सर्तमा एक जना वाडा अध्यक्षले समेत भित्र गुट बन्दिले नै आज उनलाई बाहिर निकाल्ने पर्यास न्यून रहेको स्वकार गरेका छ्न तर उनी यो एमाले पार्टीको लागि राम्रो संकेत नभएको समेत बताएका छ्न ।
यदि संघीय संसद्मा अर्घाखाँचीको आवाज फेरि बुलन्द गरिनुपर्ने हो भने, स्थानीय जनमत अनुसार अहिले पनि विकल्प टोपबहादुर नै देखिन्छन्। किन कि उनीसँग धेरै अनुभव केन्द्रिय स्थरमा राम्रो पकडले पनि जिल्लामा राम्रो बिकास गर्न सफल भएका थिए रायमाझी पुनः अर्घाखाँचीको लागि अनिवार्य चाहिने नेता बनेका छ्न ।
