
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन्। सोमबार, उनले ६५ लाख रुपैयाँको धरौटी रकम अत्यधिक रहेको र साधारण तारेखमा नै छुटको माग गर्दै निवेदन दर्ता गराएका छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राइको इजलासले गत पुस २५ गते रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। लामिछानेले उक्त आदेशको विरोध गर्दै फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुरूप पुनरावलोकनको माग गरेका छन्।
उच्च अदालतको सुनुवाइपछि लामिछानेको कानूनी स्थिति स्पष्ट हुनेछ।
