icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

प्रधानमन्त्री ओलीको दाबी : ‘नेपाल विकासशील राष्ट्र बन्ने तयारीमा, आर्थिक प्रतिरोध क्षमताको भूमिका महत्वपूर्ण’

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अति कम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि गरिएको मूल्याङ्कनमा देशको आर्थिक वृद्धिदर, मानव विकास सूचकाङ्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको सुधार निर्णायक भएको बताउनुभएको छ।

Workplace

बुधबार राष्ट्रियसभाको बैठकमा ‘एलडीसी ग्रेजुएशन’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीका बाबजुद नेपालको अर्थतन्त्र नकारात्मक दिशामा नलाग्नु एक महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।

“कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नकारात्मक दिशामा पुर्‍यायो, नेपाल पनि त्यसको प्रभावबाट अछुतो रहन सकेन। तर हाम्रो आर्थिक वृद्धि शून्य भए पनि अर्थतन्त्र नकारात्मक दिशामा गएन। यही प्रतिरोध क्षमताले नेपालको स्तरोन्नतिको आधार तयार गरेको हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँका अनुसार, सन् २०२० र २०२१ का मूल्याङ्कनमा ७ प्रतिशतको आर्थिक वृद्धिदर, मानव सूचकाङ्कको उल्लेखनीय प्रगति, शिक्षा र स्वास्थ्य क्षेत्रको तीव्र विकासका कारण नेपाल एलडीसीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सूचिमा समावेश भएको हो।

प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाल पूर्ण रूपमा विकासशील राष्ट्रमा रूपान्तरण हुनेमा विश्वास व्यक्त गर्दै भन्नुभयो, “त्यस अवधिसम्म कुनै पनि मापदण्ड बाँकी नराख्ने गरी सरकार अघि बढ्नेछ।”

नेपालले सन् २०१० देखि नै आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिको प्रयास गर्दै आएको हो। तर, अहिलेसम्म अपेक्षित सफलता हासिल हुन सकेको थिएन। संयुक्त राष्ट्रसङ्घले सन् २०१५, २०१८ र २०२1 मा गरेको मूल्याङ्कनमा नेपालले मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कमा सन्तोषजनक प्रगति गरेको देखिएको थियो। यद्यपि प्रतिव्यक्ति कुल राष्ट्रिय आयको शर्त पूरा गर्न ढिलाइ हुँदै आएको हो।

प्रधानमन्त्रीले अध्ययन प्रतिवेदनको सुझावका आधारमा आगामी योजनाहरू अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?