यी हुन् आज दिनभरका समाचार

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुनी प्रभावका कारण केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।
  • सुनको मूल्यमा भारी वृद्धि भएको छ भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्बभन्दा बढी रकम जम्मा भएको छ।
  • लागू औषध र नक्कली चुरोट कारोबारमा संलग्न व्यक्ति पक्राउ परेका छन्, साथै रसुवा बाढीका पीडितको उद्धार कार्य जारी छ।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समाचार 

Workplace

१. देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेस प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।विभागले मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा र तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जानकारी दिएको छ ।

- Advertisement -Workplace

२. पोखराको पृथ्वीचोकबाट प्रहरीले लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई पक्राउ गरेको छ।लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले धादिङको बेनिघाट गाउँपालिका-३ मलेखु निवासी ३७ वर्षीय दलबहादुर ठकुरी (किसान) लाई नियन्त्रणमा लिएको हो।बुधबार राति करिब साढे ९ बजे पक्राउ परेका ठकुरीको साथबाट प्लाष्टिकबाहेक १४.२८ ग्राम ब्राउनसुगर, नगद ३० हजार रुपैयाँ र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ।पक्राउ परेका ठकुरीमाथि लागू औषधसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

३. गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार बजारबाट नक्कली चुरोटसहित एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएअनुसार बुधबार दिउँसो प्रहरीले लु.प्र. ०१–००१ च ४६३० नम्बरको भ्यान खानतलासी गर्दा खुकुरी चुरोटजस्तो देखिने नक्कली चुरोट १४० बट्टा फेला पारेको हो।पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका–३ का ४० वर्षीय गोपाल परियार रहेका छन्। बरामद चुरोट र भ्यानसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।

४. बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला तीन हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार चार हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ। 

५. सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाँचखपन-८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।पाँचखपन-८ पोख्राङमा अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। हावाहुरी वर्षासँगै वर्षेको चट्याङ लागेर गम्भीर घाइते भएका २८ वर्षीय दाहालको पाँचखपन आधारभूत अस्पताल वानामा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।त्यस्तैगरी, चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजवंशीले बताए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

६. नेपाल एसीसी प्रिमियर मेन्स कपको फाइनलमा प्रवेश गरेको छ। आज मलेसियाको वायोमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई नेपालले ८७ रनले पराजित गरेको हो। अब फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) संग शनिबार खेल्नेछ।१४८ रनको मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएको ओमान २८.१ ओभरमा मात्र ६० रनमा समेटियो। ओमानका लागि पूर्वकप्तान जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।नेपालका लागि कप्तान सन्दीप लामिछानेले ६ ओभरमा मात्र  ९ रन दिएर ३ विकेट हात पारे। उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि ३ विकेट तथा ललित नारायण राजंवशी र रोहित पौडेलले समान २–२ विकेट हात पारे।यसअघि, टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४७ मात्र रनमा समेटियो। नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रन जोडेका थिए। उनले ७६ बलमा ४ चौका प्रहार गरे। यस्तै, बसिर अहमदले ४७ रन जोडेका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरे। यी दुई ब्याटर बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन्।

७. रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या हजार तीन सय ७७ पुगेको छ।तर भेटिएका शवहरूको सनाखत हुन सकेको छैन। हालसम्म एक सय चार वटा शवको मात्र सनाखत भएको छ। बाँकी शवको सनाखत हुन सकेको छैन। शवहरू चिनिने अवस्थामा नभएपछि सनाखत गर्न गाह्रो भएको हो।भदौ १० गते आएको रसुवा बाढीले रसुवा जिल्लासहित, नुवाकोट, धादिङ, चितवनलगायतलाई अकल्पनी क्षति गरेको थियो। बाढीमा परी हालसम्म पाँच हजार एक सय ३० जना अझै बेपत्ता रहेका छन्।उनीहरूको खोजी कार्य भइरहेको भए पनि पछिल्लो दिनमा भेटिने सम्भावना कम बन्दै गएको छ। विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको बाढी गएको १६ दिनसम्म खोजी पूरा हुन सकेको छैन।यस्तै हालसम्म घाइते तीन सय ३३ जना रहेका छनउनीहरूमध्ये उपचारपछि दुई सय ५६ जना घर फर्किएका छन्। बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।१३ हजार छ सय ५६ जना हालसम्म उद्धार गरिएको छ। अझै पनि उद्धार कार्य जारी रहेको छ।

८. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्।साथै उनले कर्मचारीहरूले पनि आफूलाई सहयोग नगरेको भन्दै बैठकमा बोलेकी थिइन्।यादवको अभिव्यक्तिलाई लिएर संघीय संसद्‌को दुवै सदनमा प्रश्नसमेत उठेको छ।

९. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात छ ।त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ ।नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ ।विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ रु १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ ।राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु १ अर्ब निकासा गरिएको थियो।

१०. चीनले कहिल्यै अरू देशको विकास रोक्न भर्‍याङ तान्ने नभई सँगै अघि बढ्न भर्‍याङ बनाउने गरेको दाबी गरेको छ।बेइजिङले आफ्नै विकासलाई मात्र ध्यान दिएको र ग्लोबल साउथका अन्य देशको विकासका लागि ‘भर्‍याङ तानिरहेको’ भन्ने टिप्पणीको जवाफमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले साझेदार देशलाई पूर्वाधारको खाडल पूरा गर्न सहयोग गरिरहेको बताइन्। साथै, निङले सस्तो औद्योगिक उपकरण तथा प्रविधि उपलब्ध गराएर र अनुभव तथा विशेषज्ञता बाँडेर ती देशको औद्योगिक विकासको लागत घटाउन सहयोग गरेको उल्लेख गरिन्।उनका अनुसार चीनको शून्य–ट्यारिफ नीति र ‘चीनमा निर्यात गर्नुहोस्’ पहलले ग्लोबल साउथका देशलाई बजार अवसर सिर्जना गर्न र विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिन सहयोग गरेको छ।‘चीनका लागि अन्य देशसँगको सहकार्य सधैँ पारस्परिक सफलताका लागि हो। भर्‍याङ तान्ने भन्ने कथनको ग्लोबल साउथका देशसँग कुनै मेल छैन,’ माओले भनिन्।चीनले आगामी दिनमा पनि पारस्परिक लाभ र साझा विकासलाई प्राथमिकता दिँदै ग्लोबल साउथका देशको भरपर्दो साझेदार बन्ने उनले जानकारी गराइन्। एजेन्सी

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?