रसुवाको भोटेकोशी बढेयो रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ – रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Workplace

 

 

भोटेकोशीको बाढीले नदी तटीय क्षेत्र र त्रिशुली नदी किनारको क्षेत्रमा जोखिम छ । धादिङ्गतर्फ गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गएराति नै रसुवाको जोखिम क्षेत्रका बासिन्दालाई सूचित गरी कतिपयलाई अहिले सुरक्षित ठाउँमा राखिएको छ ।

नदीमा जलसतह कम नभएकाले सतर्कता अपनाउन भनिएको हो । आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

यसअघि गएको असार २४ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा ठूलो क्षति भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार चीनतर्फ ठूलो पानी परेर बाढी आयो या अघिल्लो पटक जस्तो हिमनदी फुट्यो यकिन हुन सकेको छैन ।

भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरी विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?