छ महिनापछि दिल्लीमा भेटिए अर्घाखाँची निवासी गणेश: परदेशी पीडाको बोल्दो चित्र

नयाँ दिल्ली,  — अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२, कुर  निवासी गणेश परिवार नाम गरेका नेपाली युवा आज साँझ भारतीय समय अनुसार ५ बजे, दिल्लीको खाम्पुर क्षेत्रबाट जीवित सम्पर्कमा आएका छन्।

Workplace

उनी विगत छ महिनादेखि सम्पर्कविहीन थिए। यो खबरले गणेशको परिवार मात्र होइन, परदेशमा संघर्षरत हजारौँ नेपाली युवाको कथा फेरि उजागर गरिदिएको छ।

छोरा हराएपछि गणेशका बुबा–आमा बेहोसजस्तै थिए। गाउँभरिका मन्दिर धाए, राज्य कार्यालयका ढोका ढकढकाए, सामाजिक सञ्जालमा अपिल गरे तर छोराको पत्तो लागेन। अन्ततः भारतस्थित नेकपा माओवादी केन्द्र अन्तर्गत क्रियाशील ‘नेपाली समाज भारत’ का महासचिव आर.बी. खड्कासँग सम्पर्क गरेपछि मात्र खोजी कार्य औपचारिक रूपमा अघि बढ्यो।

नेपाली समाज भारतले दिल्ली क्षेत्रका सम्पर्कहरू, स्थानीय नेपालीहरूसँग समन्वय र विभिन्न माध्यमबाट खोजी अभियान चलायो। र अन्ततः आज गणेश दिल्लीको खाम्पुरमा सुरक्षित रूपमा फेला परेका हुन । उनलाई अहिले उनका मामा विकास परिवारको जिम्मा दिइएको जनाइएको छ ।

छोरा भेटिएपछि उनकी आमाको आँखाबाट खुसीको आँसु बग्यो। उनी रुँदै भन्दै थिइन्, “म त दिन–रात भगवानलाई छोरा फर्काइदेऊ भनेको थिएँ। आज मेरो छोरा फर्किएको छ। मलाई फेरि बाँच्ने आशा मिलेको छ।” महासचिव आर.बी. खड्काले नेपाल खोजखबर लाई  जानकारी दिनुभयो,

“भारतीय कानुनी प्रक्रिया पूरा भएपछि गणेशलाई छिट्टै नेपाल फर्काउने तयारी भइरहेको समेत जानकारी दिएका हुन ।

परदेशी नेपाली युवाको गुमनाम कथा

गणेशको घटना कुनै संयोग मात्र होइन, यो रोजगारीको खोजीमा भारत पस्ने हजारौँ नेपाली युवाको साझा पीडा हो। न त रोजगारी निश्चित, न त बसोबास स्थायी — कतिपय त अभाव, असुरक्षा र अभिज्ञतामा हराउँछन्।  उनै उदाहरण हुन गणेश ।

यस्ता घटनाले राज्य संयन्त्रको उदासीनता, वैदेशिक रोजगारीप्रति कमजोर तयारी, र नेपाल-भारतबीचको आपसी सुरक्षा समन्वय अभावलाई उजागर समेत  गर्छ।

अब समय आइसकेको छ । गणेशजस्ता युवाहरूको जीवन र अस्तित्वको जिम्मेवारी परिवारले मात्र होइन, संस्थाहरू, समाज र सरकारहरूले पनि लिनुपर्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?