परराष्ट्रमन्त्री आरजु राणा देउवा राइसिना संवादमा सहभागी हुन भारतमा

नयाँ दिल्ली  – परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन्। झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजापछि उनी आज अपराह्न नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ।

Workplace

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री राणालाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले स्वागत गरे।

मन्त्री राणा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा मार्च १७ देखि १९ सम्म आयोजना हुने राइसिना संवादमा सहभागी हुनेछिन्। उक्त कार्यक्रममा जलवायु परिवर्तन तथा दक्षिण एसियाको प्राथमिकतासम्बन्धी सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। साथै, उनले ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर कन्क्लेभ’ लाई पनि सम्बोधन गर्नेछिन्।

यस क्रममा मन्त्री राणाले भारतका विदेशमन्त्री एस. जयशङ्करसहित विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राइसिना संवादमा विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?