२९ अर्बको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भोलि औपचारिक उद्घाटन हुँदैछ।
  • सुरुमा आपतकालीन सवारीसाधन मात्र चल्नेछन् र केही समय परीक्षण गरिनेछ।
  • मोटरसाइकल तथा विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।

काठमाडौ – नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।

Workplace

आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ ।

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । तर सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै ५.५ किलोमिटर पुग्छ ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यो आयोजनाको निर्माण शुरु गरेको थियो । सडक विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमुना अभ्यास) गरिनेछ । यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ ।

यी प्रक्रियापछि मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ । यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाडीलाई गुड्न निषेध गरिएको छ । यो सुरुङ मार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?