२९ अर्बको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भोलि औपचारिक उद्घाटन हुँदैछ।
  • सुरुमा आपतकालीन सवारीसाधन मात्र चल्नेछन् र केही समय परीक्षण गरिनेछ।
  • मोटरसाइकल तथा विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।

काठमाडौ – नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।

Workplace

आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ ।

- Advertisement -Workplace

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । तर सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै ५.५ किलोमिटर पुग्छ ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यो आयोजनाको निर्माण शुरु गरेको थियो । सडक विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमुना अभ्यास) गरिनेछ । यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ ।

यी प्रक्रियापछि मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ । यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाडीलाई गुड्न निषेध गरिएको छ । यो सुरुङ मार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?