नक्कली भुटानी शरणार्थी प्रकरण : अर्घाखाँची सभापति भुसालले कारागारमै भेटे रायमाझी, छिटो फैसलाको माग

अर्घाखाँची,  – नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का निलम्बित सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको मुद्दा चाँडै टुंग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले आग्रह गरेका छन्।

Workplace

रायमाझीलाई भद्रगोल कारागारमा भेटेका भुसालले नेपाल खोजखबरसँग कुराकानी गर्दै भने, “उहाँ दोषी हो भने पदमुक्त गरेर उपनिर्वाचन गरियोस्, रास्वपा मैदानमा उत्रन तयार छ। होइन भने, टोपबहादुर रायमाझीको सेँखी झार्ने चक्करमा अर्घाखाँचीलाई प्रतिनिधिविहीन नबनाइयोस्।”हाम्रो स्पष्ट धारण यहीँ हो उनी बताउछन्

सभापति भुसालले मुद्दा ढिलो हुँदा अर्घाखाँचीका विकास निर्माणका काम प्रभावित भएको गुनासो गरे। “कुनै अमुक पार्टीका नेताप्रति मैले दयाभाव देखाउनुपर्ने छैन, त्यो सम्बन्धित पार्टीको चासो हो। तर सांसद पद रिक्त गराएर अर्घाखाँची जाने करोडौं रुपियाँ बन्धक बनाएकोमा जरुर गुनासो छ। अर्घाखाँचीलाई अन्याय नगरियोस्,” उनले जोड दिए।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि रास्वपाबाट उम्मेदवारी दिएका भुसाल उक्त चुनावमा तेस्रो स्थानमा थिए। र पोछिल्लो दिनमा उनी अर्घाखाँचीमा आफ्नो पार्टी लाई तीव्रताका साथ संगठन अधि बडाइ रहेका छ्न र पोछिल्लो दिनहरुमा अर्घाखाँचीमा रास्वपामा जन्ताको झुकाप बडदै गएको छ ।

यसअघि माओवादी केन्द्रका नेता जनार्दन शर्माले समेत रायमाझीलाई भद्रगोल जेलमा भेटेर मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा चलाइएको बताउँदै चाँडै रिहा हुने अपेक्षा व्यक्त गरेका थिए।

रायमाझीको मुद्दा हाल जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ। जाहेरीवाला र साक्षीको बयान सकिएपछि अब साउन १८ गतेका लागि पेसी तोकिएको छ।

पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएको उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय, काठमाडौंले २०८० वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई २०८० वैशाख ३१ गते पक्राउ गरी २०८० असार १ गते अदालतको आदेशमा पुर्पक्ष थुनामा पठाइएको हो।

सभापति भुसालले  भने, “एउटा निर्वाचित जनप्रतिनिधिलाई यति लामो समय पुर्पक्षमा राख्दा अर्घाखाँचीलाई प्रतिकूल प्रभाव परेको छ। जिल्लावासीको हैसियतले म आग्रह गर्छु, फैसला छिटो होस्।”

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?