icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

आज मिति २०८२ साउन १ गते बिहीबार आजको राशीफल

 

Workplace

मेष : समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग्गाजमिन सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्।

बृष : समय औसत रहला। खर्च बढ्न सक्छ, नयाँ लगानी टार्नु उपयुक्त हुनेछ। शारीरिक थकान र यात्रा असजिलो बन्न सक्छ। अरुका लागि धन खर्च गर्नुपर्ला।

मिथुन : उत्साहमा कमी आउनेछ। अरूका लागि गरेको प्रयास निष्फल हुन सक्छ। बोल्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। अरुको विषयमा चासोलिदा व्यर्थको झमेलामा पर्नुपर्ला।

कर्कट : समय लाभदायक रहनेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि मिल्नेछ। एउटै कार्यबाट दोहोरो लाभको सम्भावना छ। विद्यार्थीहरूले अध्ययनमा समय दिन नसक्दा पछि पर्न सकिएला सावधान रहनुहोस्।

सिंह : सामान्य समय हो। मिहिनेतपछि मात्र सफलता मिल्नेछ। दीर्घकालीन योजना र लगानीमा ध्यान दिन उपयुक्त छ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ।

कन्या : समय राम्रो छ। दाम्पत्य सुख मिल्नेछ, आम्दानी बढ्नेछ। रमाइलो यात्रा र धार्मिक कार्यमा सहभागिता सम्भव छ। नसोचेको कार्य बन्नाले नयाँ कार्यमा जागर लाग्नेछ।

तुला :औसत समय हो। धार्मिक कार्यमा संलग्न भइनेछ। कृषिकर्म र व्यवसायबाट सानो आम्दानी हुन सक्छ। आत्मबल केही कमजोर देखिन्छ। अध्ययन वा लेखन कलामा प्रगति हुनेछ।

वृश्चिक :समय अनुकूल रहनेछ। आम्दानी बढ्नेछ, नयाँ कामको थालनीका लागि अनुकूल दिन हो। पढाइमा पनि सुधार देखिनेछ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ।

धनु :मध्यम समय छ। विवादमा नियन्त्रण आवश्यक छ। यात्राको सम्भावना रहन्छ, स्वास्थ्य सन्तोषजनक रहनेछ। समयमा कार्य पूरा नहुनाले अवसरवादीहरूले फाइदा उठाउनेछन्।

मकर : औसत समय हो। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तनाव बढ्न सक्छ तर साथीभाइसँगको भेटघाट सुखद् रहनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ।

कुम्भ : मानसिक तनाव बढ्न सक्छ। खर्च बढ्ने सम्भावना छ, काममा अवरोध आउन सक्छ। सतर्कता आवश्यक छ।नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइएला।

मीन : समय र स्वास्थ्य अनुकूल रहनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। धार्मिक यात्राबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नका लागि उपयुक्त समय रहेको छ

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?