icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

अर्घाखाँचीमा बाँदर नियन्त्रणका लागि २० हेरालु नियुक्त, मासिक १० हजार रुपैयाँ पाउने

अर्घाखाँची,  – अर्घाखाँचीमा जंगली जनावरको आक्रमणबाट किसानको बाली जोगाउन डिभिजन वन कार्यालयले २० जना हेरालु खटाएको छ। बालीको सुरक्षाका लागि पहिलो चरणमा तीन महिनाको अवधिका लागि मासिक १० हजार रुपैयाँ दरले उनीहरूलाई नियुक्त गरिएको हो।

Workplace

धान, मकै, तरकारी लगायतका बालीमा बाँदर, बँदेल, दुम्सी जस्ता जंगली जनावरले व्यापक क्षति पुर्‍याउन थालेपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले नियन्त्रणका लागि हेरालु खटाउने निर्णय लिएको हो।

डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठका अनुसार केही दिनअघि सार्वजनिक गरिएको सूचनामा आधारित रहेर वडा कार्यालयको सिफारिससहित युवायुवतीबाट आवेदन मागिएको थियो। प्राप्त आवेदनमध्येबाट २० जना छनोट गरी औपचारिक सम्झौता मार्फत खटाइएको उनले जानकारी दिए।

“हेरालुहरूको मुख्य जिम्मेवारी किसानको खेतबारीको सुरक्षा गर्नु, जंगली जनावर लखेट्नु, र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वको वातावरण बनाउनु हो,” श्रेष्ठले भने।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केसव खड्काले यो कार्यक्रम मूलतः स्थानीय तहले सञ्चालन गर्नु पर्ने भए पनि हाल वन कार्यालयले अग्रसरता लिएको बताए। “स्थानीय तह सुस्त देखिएपछि डिभिजन वन कार्यालयले पहल लिएको हो। यदि कार्यक्रम प्रभावकारी भयो भने निरन्तरता दिइनेछ,” उनले भने।

कार्यक्रमलाई सफल बनाउन डिभिजन वन कार्यालय अन्तर्गत सक्रिय १० वटा सामुदायिक वन समूहको संयुक्त सहकार्यमा अगाडि बढाइएको छ। ती समूहहरूको कोषमा भएको मौज्दात रकमको प्रयोग गर्दै सूचना जारी गरी आवेदन संकलन गरिएको थियो।

छनोटमा परेका २० जना हेरालुहरूलाई अहिले आवेदन प्राप्त भएका वडाबाट मात्र नियुक्त गरिएको छ। आगामी दिनमा आवश्यकता र प्रभावकारिताको मूल्याङ्कन गर्दै थप हेरालु नियुक्त गरिने डिभिजन वन कार्यालयले जनाएको छ।

कृषिप्रधान देशमा बन्यजन्तु बाट जोगाउन यस्तो निर्णयले किसान हरुले भने केही राहत पाउने आशावादी रहेको केही किसान हरु बताउछन् । यो कार्यक्रम बाट  किसानलाई  फाइदा भयो या भएन भने  आगमी दिनमा यस्को मुल्यांकन हुनेछ यो निर्णय केही न केही राहत भने पकै किसानहरुले महसुस गरेका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?