पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • गए रातिदेखि पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
  • बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने सवारी साधन रोकिएका छन्।
  • सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौ – पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि आवतजावत अवरुद्ध भएको छ।

Workplace

जैमिनी नगरपालिका–८ बेलबगरस्थित सो करिडोरमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फका सवारीसाधन बेलबगरमै रोकिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?